जनार्जन पौडेल,काठमाडौं ।हातेमालो साहित्य संगमले शाब्दिक समारम्भ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौको लाजिम्पाटस्थीत डिल्लीरमण रेग्मी पुस्तकालयमा भएको उक्त कार्यक्रममा हातेमालो साहित्य संगमबाट बिजय रानाभाटले मुक्तक बाचन गरेका थिए ।

कार्यक्रममा अतिथि गजलकारका रुपमा तपेन्द्र घोडासैनीले उपस्थित भएर गजल बाचन गरेका थिए । कार्यक्रमको सभापतित्व हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा धिरेन्द्र प्रेमर्षिको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम हातेमालो साहित्य संगमको नियमित कार्यक्रम रहेको संंस्थाका अध्यक्ष अधिकारीले बताएका थिए । हरेक महिनाको तेस्रो हप्ताको शनिवार आयोजना हुने यो कार्यक्रम आजका दिनसम्म आइपुग्दा एघारौ श्रृंखलासम्म आइपुगेको भन्दै अधिकारीले खुशी व्यक्त गरेका छन् ।

हातेमालो साहित्य संगमका माध्यमबाट नेपाली साहित्यमा केही योगदान गर्ने उद्येस्यका साथ आफूहरु लागिपरेको भन्दै उनले हरेक कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट एकजना र बाहिरबाट एकजना खोजेर दुई जना स्रस्टालाई आफ्नो रचना पस्कने मौका दिइने गरेको समेत अधिकारीले बताए ।

कार्यक्रममा विभिन्न साहित्यिक स्रस्टा,साहित्यप्रेमी एवम पत्रकार लगायतको उपस्थिति रहेको थियो । दुवै स्रस्टाले गजल र मुक्तक बाचन गर्दा कार्यक्रम हलमा तालिको गड्गडाहट भरिएको थियो ।

तपाईंको प्रतिकृया