निश्चल घिमिरे र लक्ष्मी मल्लको स्वरमा” देखेर मायालाई ” बोलको नयाँ लोक दोहोरी गितको रेकर्डिङ पुतलीसडक स्थित राग स्टुडियोमा सम्पन्न भएको छ। संगीतकार श्रीकृष्ण बम मल्ल को शब्द र संगीत रहेको ” यो गितमा गायक निश्चल घिमिरे र गायिका लक्ष्मी मल्लकले स्वर दिएका हुन । यो लोक दोहोरी गित नयाँ पनमा आउदै छ ।

गितसंगीत प्रेमी स्रोता र दर्शकमाझ लोकप्रियता हासिल गर्नेमा आशावादी रहेको बताउदै मिहेनतका साथ काम भई रहेको कुरा संगीतकार श्रीकृष्ण बम मल्लले बताए । “गाजली लाई आज हेरेर टोलाए ” आधुनिक गितका गायक निश्चल घिमिरे र हाल चर्चामा रहेको लोक दोहोरी “लोभी आँखा” कि गायिका लक्ष्मी मल्लको सुमधुर स्वरले सजिएको यो गितबाट आम स्रोता र दर्शकले भरपुर मनोरञ्जन पाउने बताइएको छ।

श्रीकृष्ण दाइ मर्फत पहिलो पटक लोक दोहोरी गायन क्षेत्रमा प्रवेश गरेको स्मरण गराउदै गायक निश्चल घिमिरेले चाडैनै यो गितको म्युजिक भिडियोका साथ बजारमा आउने जानकारी गराए । सबै स्रोता दर्शकहरुका साथै मिडियाकर्मि साथीहरूबाट साथ, सहयोग र हौसलाको समेत अपेक्षा गरेका छन् ।

तपाईंको प्रतिकृया