जनार्जन पौडेल,काठमाडौं ।भनिन्छ प्रतिभालाई न कुनै जात, धर्म र भाषाले छेक्छ न कुनै उमेरले नै । यसै कुराको पुष्टि गरेका छन साहित्यकार एवम लेखक प्रयास दुमी राईले । २२ बर्षको युवा उमेरमै युवालाई लक्षित गरिएको ‘प्राञ्जल’ नाामको उपन्यास प्रकाशनमा ल्याएर उनले नेपाली साहित्यमा अर्को एउटा ईटा थप्ने काम गरेका छन् जुन एकदमै सराहनिय छ । सानै उमेरबाट लेखन यात्रा शुरु गरेका प्रयास दुमी राईले अन्तत पहिलो उपन्यास ‘प्राञ्जल’ विमोचन गर्न सफल भएका छन् । पुस्तक बुलबुल पब्लिकेसन प्रा.लि मार्फत बजारमा ल्याइएको हो ।

काठमाडौंको अनामनगर स्थित मण्डला थिएटरमा आज एक औपचारिक कार्यक्रमकाबीच पुुस्तकको विमोचन गरिएको हो ।कार्यक्रमको आयोजना मुलबाटो प्रतिष्ठान नेपालले गरेको थियो । कार्यक्रममा मुलबाटो प्रतिष्ठान नेपालकी अध्यक्ष प्रगति राई लगायत अन्य २ जना युवाकवि स्वप्नील स्मृति र प्रभात राईले कृतिको समिक्षा गरेका थिए । सानो उमेरमा ठूलो कृति रचना गरेको र कृतिभित्र पनि परिपक्व र मिठासले भरिएका शव्द प्रयोग भएको भन्दै समिक्षकहरुले लेखकको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।यसैगरि कार्यक्रमको सञ्चालन कवि बच्चु हिमांशुले गरेका थिए ।कार्यक्रममा विभिन्न कवि,लेखक ,साहित्यकार, पत्रकार ,कलाकार एवम विभिन्न गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मण्डला थिएटर खचाखच भरिएर दर्शकहरु उभिन पर्ने स्थीति बनेको थियो ।

कार्यक्रममा बौल्दै लेखक राईले आफूलाई आफ्नो माता पिता र घरपरिबारबाट साहित्य क्षेत्रमा लाग्न धेरै प्रेरणा दिएको बताउदै आफ्नो निमन्त्रणालाई स्विकार गरेर आउने सवै पाहुनाहरुलाई हार्दिक धन्यवाद दिएका थिए । खोटाङ ऐसेलुखर्क गाउपालिका वडा – ७ माक्पामा जन्मेका  राईको उक्त उपन्यास ‘प्राञ्जल’ अहिलेका युवाहरुको वास्तविक कथा हो । एउटा युुवाले युवाहरुको लागि लेखिएको शायदै यो पहिलो उपन्यास होला जहाँ युवा उमेरका अनेकन मोडहरुको कथा बुनिएको छ ।माया,प्रेम,बिवाह र दुर्ब्यसनसगै युवा अवस्थामा युवामनोबिज्ञान कस्तो हुन्छ भन्ने कुराहरुलाई उपन्यासमा सरल,सटिक र मिठो भाषामा प्रस्तुत गरिएको छ ।

बिभिन्न गीत, गजल, मुक्तक, लघुकथा एवम नाटकहरु लेखिसकेका राईको पहिले कृति ‘प्राञ्जल’ले पक्कै पनि पाठकको मन जित्ने समिक्षकहरुले बताएका थिए ।प्रयास दुमीद्वारा नै लिखित नेपाली हास्य युट्युब सेरियल ‘अलपत्र’ले छोटो समयमै थुप्रै दर्शकको मन जित्न सफल भएको छ । साथै उनका ‘दुई थोपा आँशु’, ‘बदला’, ‘प्रयास हो जीन्दगी’ लगायतका नाटकहरु पनि दर्शकद्धारा निकै रुचाईएको नाटकहरुमा पर्दछन । प्राञ्जल पनि धेरै पाठकले मन पराउन हाम्रो तर्फबाट पनि लेखकलाई शुभकामना ।

तपाईंको प्रतिकृया