असार १७,काठमाडौ । नव गायक रमेश कार्कीको नयाँ गीत ओइ ओइ भनेरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् । गीतको म्यूजिक भिडियोमा आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् ।

ओएसआर डिजीटल रेकर्ड मार्फत रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् । गीत मेलोडियस रहेकाले सवैको मन जित्नेमा विश्वस्त देखिन्छन गायक रमेश कार्की । नवगायक कार्कीलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।

तपाईंको प्रतिकृया