[ताेयानाथ सुवेदी]याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर बेटीकाे रुपमा स्थापित पात्र मान्न सकिन्छ ।साथै तेस्राे चम्मा रुपी भुमिका भनाै या पिपल पाते भनाै जे भने पनि याैटे अर्थ हुन्छ , त्याे भुमिका खेल्ने याैटी महिला लेखिका दमन्तालाई अगाडि सारिएकाे रहेछ ।

आफ्नो पसिना र विवेकले कसै लाई ढाँट छल नगरी आफ्नो श्रम गरेर खाने याैटा स्वच्छ छवि र समाज सेवाका समर्पित युवाले आफूले भाडामा बस्दा खेरी समयमै भाडा तिर्दा पनि नाना प्रकारका बखेडा झिकेर दुःख पिडा दिएकै थिए तापनि सहेरै काममा जाँदा विचैमा फाेन आउँछ र भाडा तत्काल चाहियाे र सटर खाली गरि दे मैले माथी काेठा थप्छु भन्नु भएछ र लेखकले म भाडा पनि दिन्छु मेराे २३ गते याैटा कार्यक्रम छ त्याे सकएछि दिन्छु अनि हाइटेन्सनमा कसरी काेठा थप्नु हुन्छ पाईदैन त बा हैन र ? भनेर लेखकले भन्दा पनि उहाँ झनै रिसाएर तँ सालेले मलाई कानुन सिकाउँछस् तँ लाई ऐले ठिक पार्छु भन्दै पैसा र पावरकाे धम्की दिदैं नाना थरि अपशब्द भाषामा हाेच्याउँदै गाली गलाैज गरेछन् । लेखक नम्र हुदै बा मेराे याैटा कार्यक्रम आउँदै छ त्याे सकेर भाडा पनि दिन्छु भन्नु भएकाे रहेछ । तै पनि रिसले झाेक्किएर गाली गर्दै त्यै कुरा दाेहाेर्याएछन्। तेस्पछि अर्की युवती आएर लेखक लाई उन्काे चाणक्य नीति छाप्ने बारे वार्तालाप हुन्छ। पछि युवती त्यै बुढाकी चम्चे बन्छे र उल्टै लेखकका उपन्यासकाे खेस्रा च्यातिन्छ र उल्टै धम्क्याउने गरिन्छ। तँ भन्ने उपन्यास पनि नछाप धम्की समेत आउँछ।

पछि लेखककाे सटर नै उल्टै ताला घरबेटीले नै लगाई दिन्छन् र पसल सार्न पनि नदिने काम गर्ने स्थान पनि आफैंले ताला लगाएर खाेचे थापेर नाना प्रकारका दुख र दर्द दिएका रहेछन्। यसबारे प्रहरीमा निवेदन दिदा पनि नलिएकाे घटना पनि उजागर गरेका शारिरिक र मानसिक लाई उदाङ्गाे पार्नकाे निमित्त तँकाे जन्म भएकाे रहेछ।

यस्काे मुख्य सन्देश
पैसा र पावरले मात्र मान्छे अमर रहन सक्दैन जाे मान्छे सेवा रुपी भावनाले मन,वचन र कर्मले काम गरेर सबैका सामु देखाउँछ र आफ्नै पसिना मात्र खान्छ तेही व्यक्ति महान र अमर हुन्छ। जसरी तँ का जन्मदाता भनाैं या घरबेटी बा भनाै जे भने पनि उहाँ सिडियाे हुँदा सारा जिल्ला बासीलाई सताउँनु भएकाे थियाे पछि उहाँकाे घर गैह्र कानुनी रुपमा बनाउँदा एक व्यक्तिकाे ज्यान गएपछि सारा गाउँ विरुद्धमा उत्रेपछि नगरले डाेजर लगाउँछ त्याे दृश्यले अचानक उन्मा पिडा उत्पन्न हुन्छ र साे पिडा खप्न नसकेर धर्तिबाट अस्ताउनु भयाे । उहाँकाे मलामी जाने उहाँ प्रति समवेदना प्रकट गर्ने धेरै थिएनन् मात्र बाध्यातामा परेर गएका छाेरा छाेरी मात्र। “मर्दाकाे मलामी पर्दाकाे जन्ति” भन्ने लाेकाेत्तिलाइ सावित गरेर लेखक स्वयंम उहाँकाे अन्तिम संस्कारमा समावेश भएर मालाले सम्मान गर्नु भएकाे छ । जसले गर्दा याे समताकाे याैटा सकारात्मक पाटाे मान्न सकिन्छ किनकी मान्छे बाट गल्ती हुन्छन् तर मरेर गए पछि सारा कुकर्म तेही आगाको ज्वाला सँगै भष्म भएर उसैसँग जल्याे भन्दै लेखकले सत्रु नै भए पनि उदार हृदयले सम्मान प्रकट गर्नु भएकाे छ।

पैसा, पावर, बल आदि देखाएर भाडामा बस्नेलाई अनावश्यक दुःख दिने सामन्तवाद साेच विरुद्धकाे कहानी हाे दर्द हाे पिडा हाे सबै श्रमजिवीहरूकाे दुखकाे कहानी हाे। साथै सत्य कति डग्दैन झुट्टाे कैले टिक्दैन भन्ने ग्यालिलियाेकाे भनाई अनुसार उहाँ सत्य कुरा लेख्नलाई उपन्यास नछाप्न धम्की दिदा पनि उहाँले हिम्मतका साथ उपन्यास लाई सबैका सामु पुर्याउनु भयाे। साथै भष्टचार गरेर अकुत सम्पति कमाउनेकाे राजनीतिज्ञ हाेस् या जाे सुकै हाेस् तिनीहरूकाे हालत पनि तँ का जन्म दाताले आर्य घाटमा एक्लिएकाे जस्तै हुन्छ जसरी घरबेटी लाई आर्य घाटमा जलाउँदा काेही राेएनन् केवल तँ भनेर गाली खाएकाे स्वयं पात्रले बरु माला दिएर सम्मान गर्दा बेलुकी सपनामा लेखकमा मृतक बुढा नै उपस्थित भै तँ ता महान युवा रैछस् भनेर मृतात्मले संवाद गरेकाे देखाउनु भएकाे छ । याे ठगी छली र भष्टाचार गरेर जति सुकै थुपारे पनि त्याे पैसा,पावर,आफन्त अन्त्यमा काेही साथ हुदैनन् भन्ने याैटा अध्यात्मिक सन्देश बाेकेकाे उपन्यास हाे ।

तँकाे नाम त रह्याे तर पनि नकारात्मक रुपकाे रह्याे । याे उपन्यासले समाज, देश बनाउँन घर सम्पति छाेरा छाेरीका लागी भनेर थुपारेर राखेर कैले देश बन्दैन छाेरा छाेरी लाई बाटाे लगाई दिने हाे आफैं हिड्नु पर्छ । जसरी बाँदरले बच्चा टाँग मुनि च्याप्छ सानाे छउन्जेल पछि रुखकाे टुप्पामा लगेर खसाल्छ र हाँगा समाउन बाध्य हुन्छ । तेसै गरि भष्ट मतिहरूकाे लागी अनुहार हेर्ने ऐनाकाे रुपमा लिन सकिन्छ। लेखक दामाेदर ढकाल लाई म शुभकामना साथ हार्दिक बधाई दिन चाहान्छु अागामी समाजमा घटेका कुरीति कुसंस्कार आदिका बारेमा सदा कलम चलिरहाेस शुभ मंगल ।

तपाईंको प्रतिकृया