मन्दिरमा पुगेर नि जप्न सक्ने नाम होस्
यी कविता कोर्दा-कोर्दै पूर्णबिराम होस्

तिमी यति मात्र भए पुग्छ मलाई मायालु
जसै आउँछ्यौ याद सामु तिम्रै खाम होस्

सपना झस्केर ब्यूँझन्छु तिमी सम्झेर सधै
मनभित्र बसी मनकै पूजा गर्ने काम होस्

धारिलो हतियार हो मुटु मात्र टुक्रा पार्दैन
न कि कलम बोकेर कसैबाट छलछाम होस्

लेख्नेछु यो ‘स्पन्दन’ राखेर मुटुका पानामा
हाम्रो प्यारमा डलर, युरो, दिराम गुलाम होस्

स्पन्दन बिनोद
महासचिब, अनेसास पोर्चुगल

तपाईंको प्रतिकृया