खै के भो जुनेली रातैले रुवायो
आँसु पुछीदिने हातैले रुवायो

धड्कन हौ तिमी राख्नेछु मुटुमा
रुवायो त्यो मीठो बातैले रुवायो

त्यो स्वार्थी मायाले लत्यायो छायाले
रुवायो बैगुनी जातैले रुवायो

दर्किदो पानी खै के छेक्थ्यो हातैले
रुवायो ओतीने छातैले रुवायो

दिलायो बिश्वास यो मन लुट्यो बिस्तारै
रुवायो बद्लामा घातैले रुवायो

प्रतीक्षा शर्मा कान्छी

तपाईंको प्रतिकृया