जनार्जन पौडल, काठमाडौं । गजलकार गोविन्द लामिछानेको गजल संग्रह ‘जरामा पात’ बिमोचित भएको छ । काठमाडौको लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयमा आज एक कार्यक्रमकाबीच पुस्तकको बिमोचन गरिएको हो । आधुनिक साहित्य परिषदको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली छन्दका निर्मांता,अन्वेषक तथा बरिष्ठ गजलकार पोष्टराज चापागाइँ र युवा पुस्ताका चर्चित गजलकार गोविन्द लामिछानेको संयुक्त गजल वाचन कार्यक्रम समेत रहेको थियो ।

गोविन्द लामिछानेका हालसम्म प्रकाशित कृतिमा दुई मुक्तक संग्रह , दुई गजल संग्रह रहेका छन भने पाँच वटा गीती एल्वम प्रकाशित भएका छन् । साथै उनले दुई वटा संयुक्त मुक्तक संग्रहको संपादन समेत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ गीतकार प्रा. डा कृष्णहरि बरालको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रुपमा डा शैलेन्दु प्रकाश नेपाल र डा सत्यराज थपलिया रहनु भएको थियो । अतिथि वाचकको रुपमा वरिष्ठ गजलकार पोष्टराज चापागाईको उपस्थिति रहेको थियो । यसैगरि अन्य अतिथिहरुमा गौरी पब्लिकेशनका अध्यक्ष दामोदर ढकाल, सह्रदय साहित्य संस्थाका अध्यक्ष सुशिला पौडेल,गतिशिल साहित्यबाट नवराज बिष्ट , सर्जक जमघट संस्थाका अञ्चल बान्तवा ,तोयानाथ सुवेदि,कलाकार कमला रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व मुरलीप्रसाद ढकालले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नेपाली साहित्यमा गजल विधामा कलम चलाउनेहरुको संख्या बढ्दै गएको भन्दै यसको गुणात्मक सुधार पनि आउनु पर्ने बताउनु भयो । साथै वहाँले गजलकार गोविन्द लामिछानेका गजलहरु राम्रा रहेको कुरा समेत बताउनु भएको थियो । बरालले नेपालमा गजललाई व्याख्या विश्लेषण गर्नेहरुले अलि बढी आ आफ्नै तरिकाले गर्ने गरेकाले केही अन्यौलता देखिएकोमा चिन्ता प्रकट गर्नुभयो । साथै गजलकारहरुलाई सृजनाबाट प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि डा.सैलेन्दु प्रकाश नेपालले नेपाली साहित्यमा नेपालमा रहेका हिमालहरुका नामबाट नविन छन्दहरु निर्माण गर्ने अभियानमा लागेर सफलताको शिखरतर्फ लम्किएकोमा पोष्टराज चापागाइँलाई बधाई ज्ञापन गर्नु भयो । साथै प्रकाशित कृतिका सर्जक गोविन्द आचार्यको कृतिको समिक्षा गर्दै बहुआयामिक कार्यक्रम निर्माण भएको भन्दै सवैलाई धन्यवाद दिनु भयो । विशेष गरि आधुनिक साहित्य परिषद र गौरी पब्लिकेशनका पछिल्ला गतिविधिप्रति सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रम तीन चरणमा विभाजीत गर्दै पहिलो चरण र दोश्रो चरणमा पोष्टराज चापागाइँ र गोविन्द आचार्यको २,२ वटा गजल र तेश्रो चरणमा वहाँहरुकै एक एक वटा गजल बाचन गरिएको थियो । कार्यक्रम भव्य तरिकाले सम्पन्न भएको उपस्थित सर्जक एवम स्रष्टाहरुले बताएका थिए ।

तपाईंको प्रतिकृया