काठमाडौं । चलचित्र ‘नाई न भन्नु ल ५’ युट्युववाट सार्वजनिक भएको  दोस्रो दिनमै ट्रेडिङ्ग वानमा आएको छ । पहिलो नम्वरमा रहेको गलबन्दी गीतलाई विस्थापित गर्दै ‘नाईं नभन्नू ल ५’ ट्रेडिङ्गको पहिलो नम्वरमा आएको हो ।

युटुवमा हेर्ने दर्शकले फिल्मको वारेमा राम्रो प्रतिक्रिया दिएका छन् । विकासराज आचार्यको निर्देशन रहेको उक्त फिल्म यो समाचार तयार पार्दा त्रियालिस लाख तिन हजारले हेरिसकेका छन् । यस चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेको फिल्मको कथा लेखन सामिप्य तिमिल्सिना र निर्देशक आर्चायको रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।स्मरण रहोस नाइ नभन्नु ल ५ को ट्रेलर पनि युट्युव डिङ्ग वानमा  परेको थियो ।

हेर्नुस भिडियो

 

तपाईंको प्रतिकृया