भनेँ रोकौ सब भ्रष्टाचार मेयर पग्लिए फेरि !
कुनै पार्टी समालेझैं सदर नै गर्दिए फेरि !!

यिनै जनता जनार्दन भै तताए सडक आगोमा !
यिनैको ज्यान गै रह्यो डुबेका तप्किए फेरि !!

मिलेरै खान पाए को बहस गर्ने यहाँ साथी !
जहाँ गुलियो छ त्यै उस्तै अनेकौ भन्किए फेरि !!

गरे बाचा गरे किर्ते गरे ब्यापार पेशामा !
बलीका लाममा बोका सखारै पर्सिए फेरि!!

म सोच्थेँ राम राज्यमा सबैको न्याय मिल्नेछ !
रहे कर्तुत मवालीका मिले लौ अल्झिए फेरि !!

( गजलकार स्पन्दन बिनोद अनेसास पोर्चुगलका महासचिव हुन्।

तपाईंको प्रतिकृया