कपिलवस्तु, आफ्नै ३९ वर्षीया श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया