आलोक यादव लहान, जेठ २५ गते । सिरहामा महिला माथि हुने हिसाको संख्या बढदै गएको छ। लहान नगरपालिका- १९ छरापटि की २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । घाइते अवस्थामा बिहीबार राति उपचार को लागि लहान हुदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् ।

उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यता ,नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ । सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो । नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको मामा जहाँगिर ले बताएको छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए बताएका छन ।

पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरी ले बताएको छ । नुरजहाँका काका मो. जुमनले भने, ‘छोरीकोअनुहारसमेत हेर्न पाएनन् भन्दै नुरजहाँका बुबा मो मुस्ताक छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न कतारमा पसिना बगाउँदै छन् । दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन बताएका छ्न। नुरजहाँका आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेकी छिन् ।

तपाईंको प्रतिकृया