काठमाडौं ।
पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो । यतिबेला उक्त खेलमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै उनले ३५५ दिनपछि गरेको फ्रिकिक गोलको पनि निकै चर्चा भईरहेको छ । २५ औँ मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका रोनाल्डोले ८८ औँ र ९० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले गएको मार्चमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टसबाट ह्याट्रिक गरेका थिए । यसपछि नेसन्स लिगमा स्वीटरजल्याण्डविरुद्ध नै उनको ह्याट्रिक गोल हो । नेसन्स लिगमा इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच बिहीबार हुने खेलको विजेतासँग पोर्चुगलले फाइनलमा खेल्नेछ ।

तपाईंको प्रतिकृया