तिर्थराज ज्ञवाली
जेष्ठ २२, मसुरीया,(देउखुरी दाङ)
राप्ती गाउँपालिकाको प्राङगणमा बृक्षरोपण गरि ४५ औ विश्व वातावरण दिवश २०७६ को सुरुवात गरिएको छ । राप्ती गाउँपालिका क्षेत्रलाई हरियाली कायम गर्दै वातावरणको संरक्षण तथा वनको अवस्था कायम राख्ने अभियान अन्तरगत बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको प्राङगणमा सरोकार वालाहरुद्धारा बृक्षरोपण गरिएको हो ।


नर्ती सामुदायीक वन समन्वय समितिकी कोषाध्यक्ष पुष्पा पाण्डेको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, डिभिजन प्रमुख शंकर प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता, तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु, जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, नागरिक, वन वातावरण प्रेमीहरुको सहभागीतामा एका विहानै बृक्षरोपण गरि ४५ औ विश्व वातावरण दिवश २०७६ का राप्ती गाउँपालिका स्तरिय विभिन्न कार्यक्रमहरुको सुरुवात गरिएको हो ।
४५ औ विश्व वातावरण दिवश २०७६ को उपलक्ष्यमा राप्ती गाउँपालिका स्तरमा सामुदायीक वन समुहहरुको अन्तरक्रिया, बृक्षरोपण, छलफल जस्ता विभिन्न कार्यक्रमहरु संञ्चालन गरिने राप्ती सामुदायीक वन महासंघका अध्यक्ष हरि भुसालले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिकृया