इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको व्रत तोड्ने दिन अर्थात् ईद-उल-फित्र आज देशभर मनाइँदै छ। नेपाली मुसलमानहरूले एक आपसमा शुभकामना साटासाट गर्ने राम्रो लगाउने र मीठो भोजन गरेर यो चाड मनाउने गर्छन्।

काठमाण्डूस्थित कश्मिरी जामे मस्जिदका धर्मगुरू मोहम्मद फजीर आलम कादरीका अनुसार पैगम्बर मुहम्मदले विजय हासिल गरेको दिनका रूपमा यो चाड मनाइने गरिन्छ। विश्वभरका झण्डै दुई अर्ब मुसलमानहरु यो चाडमा सहभागी हुन्छन्। बचतको साढे दुई प्रतिशत ईदका अवसरमा गरिब तथा असहायलाई दान गर्ने प्रचलन छ।

तपाईंको प्रतिकृया