तिर्थराज ज्ञवाली
जेष्ठ २१, मसुरीया (देउखुरी दाङ)
राप्ती क्षेत्रका विद्यालयहरुमा डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्बेक्षण कार्यक्रम सुरु भएको छ ।
भाषा आयोग शंखमुलको आयोजनामा राप्ती क्षेत्रका सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागीतामा मंगलवार मौरीघाटको माध्यामीक विद्यालयमा डगौरा थारु भाषाको प्रयोग, सम्भाब्यता अध्यन, शिक्षाको स्तर पहिचान तथा विद्यालयमा भाषिक नक्साङन सम्वन्धि एकिकृत सर्बेक्षण गरिने भएको हो ।


राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्बेक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, भाषा आयोगका उपसचिव सुरेन्द्र आचार्य, मातृभाषा विज्ञ झुम प्रसाद राई, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, राप्ती गाउँपालिका समाजिक विकास समिति संयोजक विद्याशरण चौधरी लगायतकाले भाषा, मातृभाषा र यसको महत्वका वारेमा बोल्नु भएको थियो ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकका अनुसार यस डगौरा थारु भाषाको प्रयोग, सम्भाब्यता अध्यन, शिक्षाको स्तर पहिचान तथा विद्यालयमा भाषिक नक्साङन सम्वन्धि एकिकृत सर्बेक्षणले यस क्षेत्रका विद्यालय तथा विद्यार्थी र थारु भाषाको अवस्थाको वारेमा जानकारी हुने  बताउनु भएको छ ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका फरेन्द्र देवकोटाका अनुसार उद्घाटन कार्यक्रमका साथै विद्यालय स्तरिय भाषिक नक्साङन, फारम भर्ने, विश्लेषण गर्ने समेत गरिने बताईएको छ । कार्यक्रममा भाषा आयोगका बालविक्रम राई र भगवति बेल्वासेको समेत सहभागीता रहेको छ ।

तपाईंको प्रतिकृया