रुकुम ।
रुकुम पश्चिमको एक विद्यालयको भवन हावाहुरीले क्षतिग्रस्त भएको छ । बाँफिकोट गाँउपालिका वडा नं ४ स्थित वालकल्याण माध्यामिक विद्यालय सिम्तारुका दुई वटा भवनको जस्तापाताको छाना उडाउनुका साथै भवनमा क्षति भएको हो । भिषण मात्रामा लागेको हावाहुरीले उडाएको विद्यालयका प्रधानाध्यापक पवन गिरीले बताउनुभयो । प्रधानाध्यापक गिरीले भन्नुभयो “भिषण हावाहुरीले विद्यालय क्षतिग्रस्त भएको छ । हामी पठनपाठन अवरुद्ध गर्न बाध्य भएका छौं।” प्रधानाध्यापक गिरीले विद्यालय भवन पुननिर्माणका लागि सहयोग गरिदिन सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

आइतवार साँझ र राति आएको भिषण हावाहुरीले विद्यालय भवनमा क्षति भएपछि विद्यार्थीहरु चिन्तित बनेका छन् । जेठ २६ गते सम्मका लागि विद्यालय बन्द भएपछि विद्यार्थीमा चिन्ता थपिएको हो । विद्यालय भवन पुर्ननिर्माण नहुँदा सम्म पठनपाठन हुन सक्ने अवस्था नरहेको विद्यालयले जनाएको छ । वर्षातको समयमा शुरु भइसहेको र अरु भवन राम्रो नभएको कारण पनि क्षति भएका भवनको पुर्ननिर्माण तत्काल आवश्यक रहेको स्थानीयले बताएका छन् । वडा नं ४ का अध्यक्ष लिलाराम विकले पुर्ननिर्माणका लागि पहल गर्ने बताउनुभयो । वडापालिकाको बजेटले नपुग्ने भएकोले सहयोगका लागि विद्यालयले आह्वान गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

तपाईंको प्रतिकृया