जनार्जन पौडेल, धादिङ । तपाइँले बाघ, चितुवा अनि बाँदरको आतंक त सुन्नु भएको होला । तर कुकुरले यति धेरै आतंक मच्चाएको शायदै पहिलो पटक सुन्दै हुनुहुन्छ । केही समय अघि मात्र धुनिवेसी १ डाडागाउँका शिव रिजालको खसी खोरमै कुकुर आएर मारेर छाड्यो । त्यसको केही दिन नवित्दै वडा नं १ का वडा सदस्य लक्ष्मी न्यौपानेको २ वटा खसी र १ वटा बाख्रा खोरबाटै कप्लकै पारिदियो । गाउँमा त्यस्तो व्यक्ति विरलै भेटिन्छन जसको खसी बाख्रा कुकुरले नमारेको होस । हालसम्म वडा नं १ र २ मा मात्र कुकुरका कारण करिव १० लाख भन्दा बढीको क्षति भएको छ ।

                                      [सांकेतिक तस्विर – स्रोत : गुगल]

गाउँमा कुकुर पसेर खसी,बाख्रा खोरैमा आएरे मार्न थालेपछि स्थानीय आतंकित छन । अहिले कुकुरका कारण उनीहरुको निन्द्रा हराएको छ । उनीहरु भन्छन, ‘खोरैमा आइसकेपछि त हामिले बचाउन सक्दैनौ खोर नजिकै देखियो र लखेट्न सकियो भने मात्र हो ।’ पुरा गाउँलाई नै आतंकित पार्ने ६ वटा कुकुरमध्ये ३ वटा कुकुरलाई स्थानीय मिलेर मारेको बुझ्नमा आएको छ भने बाँकी ३ वटा कुकुरले अहिले सिंगो गाउ नै आतंकित बनाएर राखेका छन् । स्थानीय कान्छी मिजार भन्छिन, मेरो त २ वटा बाख्रा खोरबाटै आक्रमण गरेर खाइदियो, अब काममा जाने कि घरमै खसी बाख्रा कुरेर बस्ने हो ?

त्यस नगरपालिकामा विगत २ बर्षदेखि कुकुर आतंक फैलिए पनि ६ महिनादेखि भने यसले विकराल रुप लिएको छ । कुकुर आतंकबाट अहिलेसम्म सयौ भन्दा बढी किसानहरु मारमा परेका छन् । कुकुरको नपत्याउदो शैली , कसैको खोरमा पसेर घाँटीमा क्याक्क पारेर रगत तान्न थाल्ने त,कसैकोमा शरिरका अन्य भागमा टोक्न थाल्ने । धुनिवेसी वडा नं १ को श्रीमान तामाङको एउटै खोरबाट मात्र ५ वटा खसी बाख्रा मारेको स्थानीयले बताएका छन् । एउटैको खोरबाट ५ वटा समेत खसी बाख्रा मार्दा कति ठूलो त्रास र आर्थिक घाटा भयो होला ?

‘पोहर पनि एउटा खसी मारिदियो यसपाली पनि एउटा मारिदियो हामीलाई त हैरान बनायो भन्छन स्थानीय सालिकराम बास्कोटा । आफूहरुले वडा कार्यालय घेर्दा समेत केही पहल भएन साथै नगरका मेयरलाई समेत फोन गरेर भन्दा वहाँले कुकुर मार्ने अधिकार नगरपालिकाको नरहेको बताउनु भयो भन्दै जनप्रतिनिधीहरु जिम्मेवार नभएकोप्रति दुखेसो व्यक्त गरे ।
विगत २ बर्षदेखि नै धुनिवेसीमा यो समस्या भएता पनि गत ६ महिना देखि भने यसले विकराल रुप लिएको छ । घटनाले यति धेरै विकराल रुप लिंदा पनि सम्वन्धित निकायले चासो नलिनु आफैमा दुर्भाग्यपूर्ण छ ।

तपाईंको प्रतिकृया