जनार्जन पौडेल.
काठमाडौ,जेठ ३ –
सिद्धान्तका लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्दै जनताको जिवन उपयोगि सिद्घान्त बनाइनुपर्दछ भन्ने मुल मान्यता राख्ने मदन भन्डारी नेपाली राजनितीमा जनताको नायककै रुपमा परिचीत छन । सवै क्षेत्रमा जनताको स्वतन्त्र भुमिकलाइ नै निर्णायक बनाउनु पर्दछ भन्ने मदन भन्डारी आजिवन जनताको लगि नै संघर्ष गर्दा गर्दै ‘जनतालाइ रैती बाट नागरिक बनाउन’ तल्लीन रहे ।  आफ्नो ४१ बर्षे छोटो जिवनकालमा उनीबाट देश र जनताको हक र अधिकारको सवालमा जे जति योगदान भयो त्यो अतुलनिय छ ।
आज जेठ ३ गते नेपाली इतिहासको यस्तो हृदयविदारक घटना घटेको दिन जुन दिन नेकपा एमालेका महासचिव मदनभण्डारी र संगठन विभाग प्रमख जीवराज आश्रीतको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा  मृत्यू भएको थियो । नेपाली इतिहासमा आजको दिनलाइ कालो दिनको रुपमा लिने गरिएको छ ।नेपाली धर्तीमा धेरै नेता जन्मे नेतृत्व गरे मुलुकका लागि धेरै योगदान दिएर गए ति सबै भन्दा एउटा अलग्गै पहिचान राख्न सफल मदन भण्डारी र आश्रित  व्यक्तिका रुपमा हैन एउटा सिद्धान्तका रुपमा नेपाल लगायत बिश्वमा प्रख्यात छन ।

मदन भन्डारीको व्यक्तित्वको चर्चा गर्ने क्रममा मदन भण्डारी आफूभन्दा ठूलालाई असाध्दै मान्थे त्यसैले उनले मनमोहनलाइ अध्यक्ष सिपि मैनालीलाइ महासचिव वनाएर उनि उपमहासचिव बनेका थिए राजनीतिक हिसाबले जे जस्तो भएता पनि मदन भण्डारी कुशल र सामाथ्र्य भएका नेता थिए सिङ्गो पार्टी चलाउन सक्ने क्षमताको बिकास उनमा भइसकेको थियो । तर, पनि पार्टीमा आफुभन्दा उमेरले पाको व्यक्ति र अनुभवले पाको व्यत्तिमा मान्यता राख्ने नेता थिए उनि हिजो आजका नेताहरुले मदन भन्डारीबाट केही सिक्नुपर्नेछ ।

कुर्चि र पदको लागि नै तँछाड मछाड गर्ने हरुको भिडमा मदन भन्डारी जस्तो व्यत्तित्व पाउन दुर्लभ छ ।  खासमा उनी पुण्पलालको ब्यबहार र शैलिबाट प्रभावित थिए । मदन भन्डारीले नेपालमा मात्र हैन भारत लगायत बिश्वमा नै कम्यूनिजमको लोकप्रियताको लहरै  बढाएका थिए त्यसैले त बिदेशी पत्रिकाहरुमा ‘माक्र्स लिभ इन नेपाल’ भन्ने खबर छापिएको थियो  ।मदनले भारतीयहरुमा कम्यूनिष्टको लहर बढाउदै छ भन्ने डर भारतीयहरुमा ब्याप्त थियो र त्यसै कारणले भारतीयहरु उनिसंग रुष्ट थिए । सरल जिवन यापन गर्ने मदन भण्डारी हलिया किसान र तल्लो वर्गका गाउलेहरुकोमा पुग्थै किसानकहाँ पुगेर भारी बोकी दिन्थे, खेत खनिदिन्थे ।

मदन भण्डारीको भावना अति नै सहयोगी र स्रहदयी थियो । मदन भण्डारी साइकल चढैरै पार्टी कार्यालय पुग्दथे । पार्टिको मासचिब हदा पनि उनि आफ्नो श्रीमती र दुई छोरीको साथ डेरामै बस्दथे। त्यसबेलाको राजनितिक माहोलमा एउटा कम्यूनिष्ट पार्टीलाई जनता माझ लोकप्रिय गराउन मन्जरी सफल भए । मदन भण्डारीबाटै एमाले बन्नेहरु धेरै छन् । एमालेको राजनितिक इतिहासमा एमालेलाइ माया गर्नेहरु मदन भण्डारी र मनमोहनलाइ सम्झेर मात्र पनि एमालेलाइ समर्थन गरि बसेका छन् । नेपाली वामपन्थी आन्दोलनमा सैद्धान्तिक दृढता सृजनशिलता दरदर्शिता क्रान्तिकारिता ब्यवहारिक नीति निर्माण नेपालको एतिहासिक पहिचान आदिमा मदन भण्डारीको योगदान सबैभन्दा माथी छ । विश्वमा समाजवादी आन्दोलनले सहि गति लिन नसकिरहेको बेलामा नेपालमा कार्ल माक्र्स जिवितहन भन्ने सन्देश दिइरहेको थियो ।

मदन भन्डारीले एउटा यस्तो सपना देखेका थिए । जुन, सपनामा मान्छे मान्छेद्धारा शोषित हुनुपरको थिएन । जहाँ जनताद्धारा , जनताकै लागि , जनताकै सरकार स्थापना भएको थियो त्यो पनि व्यवहारिक रुपले अनि राष्ट्रियता र प्रजातन्त्र एक आपसमा परिपुरक वन्दै देशको सुरक्षा र विकास अटल वनेको थियो ।  के उनी पछिका राजनेताहरुले यस्तै सपना देखेका होलान त रु अत्यन्तै दुरदर्शी स्वभावका मदनभन्डारी प्रजातन्त्र प्राप्ती र त्यसका उपलब्धि संग सन्तुष्ट र विश्वस्त थिएनन । त्यसैले त उनले २०४७ सालको संबिधानमा आफ्नो २७ बुदे आलोचनात्मक फरक मत राखेका थिए जसका महत्व पछि देखियो ।

ति टिप्पणीहरुमा प्रमुख निम्न थिए । १.संबिधानबाट हिन्दुशव्द हटाउने २. राजा पूर्ण रुपमा संविधानको मातहतमा रहने ३. राजपरिवारको आय सम्पतिमा कर लाग्ने ४. राजाले संविधान मिचेर कार्यगर्दा अदालतमा मुद्वा चलाउन पाउने ५. सेना मन्त्रीपरिषदको मातहतमा रहने ६.नेपाल सरकार र नेपाली सेना लेखिने । त्यतिखेर खुल्लेआम राजा र राजसंस्थाप्रति यदि च्यालेन्ज दिने कोहि थियो भने त्यो मदन भन्डारी मात्रे । उनले एकपटक चावहिलको आमसभालाइ सम्वोधन गर्दै भनेका थिए ‘राजा यदि तिमी जनताको अधिकारमा गिद्दे दृष्टि लाउदैनौ भने श्रीपेच खोल र हामीसंग चुनाव लड्न आउ हामि तिमीलाइ जनताको बलमा हराइदिन्छौ नत्र टाट्नामा घाँस हालेको बाख्राले जस्तो गरेर जनताले छुट्याएको ४ लाख खाउ तर खबरदार जनताको अधिकारमा गिद्दे दृष्टि भने नलगाउ ।’ यी पंक्तिहरुबाट के प्रष्ट हुन्छ भने अरु नेताहरु प्रजातन्त्र प्राप्ती पश्चात उपलब्धी मानेर बसिरहेको अवस्थामा पनि मदन भन्डारी भने एक्लै भएपनि खबरदारी गर्न कहिल्यै पछि परेननन, निरन्तर लागि नैं रहे ।

आज उनी हामीमाझ भौतिक रुपमा नभएपनि उनले छाडेर गएक पदचिन्हहरु उनले प्रतिपादन गरेका सिदान्तहरु हामीमाझ छन । आफ्नो जिवनकाल धेरै समय भुमीगत जिवन बिताएका यिनी ‘राजनीतिमा थकाइ भन्ने शब्दै हुदैन’ भन्दा भन्दै भुमिगत भन्दा बाहिर झन्डैं तिन बर्ष बिताउन पनि पाउदा नपाउदै उनको दासढुंगामा हत्या भयो  ।मलाइ हिजै जस्तो लाग्छ त्यो दिन जतिखेर म ८ कक्षामा पढ्दथे । मदन भण्डारीको शवयात्रामा जति मानिस अहिलेसम्म कुनै बेला काठमाडौमा जम्मा नै भएको छैन । त्यतिखेरका दिन मलाई अहिले सम्म पनि स्मरण छ  पुरा जनसागर नै उर्लेको थियो उनको शवयात्रामा ।

त्यतिखेर सिङ्गो राष्टले नै आफ्नो अभिभावक गुमाएको जस्तो देखिन्थ्यो । हरेक बुवा आमाहरुले आफ्ना छोरा गुमाएको महशुस गरेका थिए, हरेक दिदी वहिनीले आफ्नो दाजु गुमाएको महशुस गरेका थिए , अनि राष्ट्रले  एउटा बिर सपुत गुमाएको महशुस गरेको थियो । नेपालमा यस अघि र पछि पनि धेरै राजनीतिज्ञ, सामाजिक व्यत्तित्वहरुको मृत्यु देखियो तर मदन भन्डारीको जस्तो मृत्यु र सम्मान मैले आफ्नो जीवनमा कसैको देखिन । त्यतिखेर न कसैका पनि आंखा ओभानो देखिएनन, कयौंले त कपाल नै खौरेर श्रदान्जली दिए उनलाई । वास्तवमा ति सब घटना हेर्दा लाग्दथ्यो कि  यो एउटा जीवनको अन्त्य मात्र नभएर इतिहासकै अन्त्य थियो । लेखकले भनेका छन । मदन भन्डारी हुरी भएर आए नेपाली जनताको मुक्तिका लागि , आमुल परिवतर्नका लागि खाका कोरे , जनतालाइ जगाए, लोकतान्त्रिक बामपन्थी आन्दोलनमा सरिक गराए, गाँउ गाँउ बस्ती बस्ती चलायमान बनाए, छोटो समयमा नेपालमा मात्र हैन देश बिदेशमा समेत निकै चर्चित बनै अनि सबै जनताको मनमुटुमा बसे । अनि जसरी हुरी भएर आए त्यसरी नै न हुरी भएर बतास सरी नैं गए । श्रद्धेय नेता मदन भण्डारी र जिवराज आश्रीतप्रति हार्दिक श्रद्धान्जली ।
तपाईंको प्रतिकृया