[जनार्जन पौडेल]  म यो राजधानीको कोलाहालयुक्त सडकमा कहिले सार्वजनिक यातायातमा त कहिले मोटरसाइकलमा यात्रा गर्ने गर्दछु । यात्राकै क्रममा मैले देख्दै आएकोे वेथितिका बारेमा केही लेख्ने जमर्को गरेको छु । आजकाल राजधानीका सडकमा मानवरुपी दानवहरुको भिड देख्ने गरेको छु । त्यो भिडमा उभिदा मलाई आफैलाई पनि मानव भएको प्रत्याभुति भइरहेको छैन । मानवलाई सन्सारमै सवैभन्दा चेतनशिल प्राणीको रुपमा लिइने गरिन्छ । तर, विडम्वना नै भन्नु पर्ला राजधानीका अधिकांश मानिसहरुमा सामान्य स्तरको चेतना पनि रहेको पाइदैन ।

प्रसंग राजधानीको ब्यस्त सडक र यहाँ एम्बुलेन्समा ओसारपसार गरिने बिरामीको हो । जो पलपल जीवन र मृत्युसंग खेलिरहेका हुन्छन । एम्बुलेन्समा ओसारपसार गरिएका बिरामी यस्तो नाजुक अवस्थामा हुन्छन जो एम्बुलेन्स भित्रै आफ्नो अन्तिम श्वास गनिरहेका हुन्छन । नेपालमा सडक जाम र मानिसमा भएको चेतनाको कमिले गर्दा थुप्रैले एम्बुलेन्स भित्रै प्राण त्याग गर्ने गरेका छन् । तर यति गम्भिर र मानविय संवेदना संग जोडिएको कुरामा पनि सम्वन्धित निकाय र आम जनमानसलाई भने चासो छैन् ।

यो सन्सार वास्तवमै स्वार्थी छ । जबसम्म आफूलाई पर्दैन तबसम्म यहाँ कसैलाई पनि चासो हुन्न । कल्पना गर्नुस यदि तपाइँको बुवा,आमा दिदीबहिनी वा नजिकैको आफन्तको सडक जामका कारण समयमा पुर्याउन नसकेर एम्वुलेन्स भित्र मृत्यु भयो भने ? अनिमात्र तपाईले महशुष गर्नुहुनेछ कि नेपाली समाज कतिधेरै गयगुज्रेको भइसकेछ जहाँ दया माया मानवता भन्ने कुरा समाजवाट विलय भइसकेको छ । समाजमा यतिधेरै नैतिकहिनहरुको जत्था पैदा भइरहेछ बल्ल बुझ्नुहुनेछ । दुखका साथ भन्नै पर्ने हुन्छ कि हामी त्यो देशका जनता हौं जहाँका मानिसलाई नत कुनै नीति नियमले छुन्छ न मानवता, दया,माया अनि करुणाले नै । मृत्युशैयामा छट्पटाएर मृत्युको काउन्ट डाउन गरिरहेको एम्बुलेन्सभित्रको बिरामीलाई उछिनेर अघि बढ्न खोज्ने र ओभरटेक गर्न खोज्नेहरु हामीै नै  हैनौ र ?

 एकपटक सबैले छातीमा हात राखेर सोच्ने बेला भएको छ । आफैं मानविय व्यवहार देखाउन नसक्ने मानिस हामी फेरि किन समृद्धिका कुरा गर्छौ ?  किन सिष्टमका कुरा गर्छौ, अरु देशका गफ छाँट्छौ ? गफमा बिश्व हाँक्न सक्ने हाम्रा नेपाली दाजुभाइले  १० सेकेण्ड समय कसैका लागि जीवनदान बन्छ भने पनि दिन सक्दैनौ भने हामी यस धर्तीमा जन्मेकै बेकार हैन र ? ठण्डा दिमाखले सोचौ त आखिर किन यति धेरै हतार हुन्छ हामीलाई ? के हाम्रो जीवन केवल दौड मात्र हो त ?

बाँचुन्जेल सबैलाई हतारै हतार छ यहाँ, कसैलाई फुर्सद छैन । यहासम्म कि अरु सबै मरेपनि म दौडी रहन पाउँ भन्ने मानसकिताको विकास भइसकेको छ हामीमा । यहाँका मानिसहरुका व्यवहार देख्दा लाग्छ कि दया माया करुणा र मानवता कितावको पन्नामा मात्र सिमीत छ । यस राजधानी शहर  साँच्चै नै स्वार्र्थीहरुको भिड हो भन्दा अत्युक्ति नहोला । यहाँ कसैलाई कसैको प्रवाह छैन । मैले यहाँ ठूल्ठूला भयानक दुर्घटना देखेको छु जुन दुर्घटनाका पात्रहरुले समयमा अस्पताल जान नपाएर बाटैमा मृत्युशैयामा लिहिन हुन परेको थियो ।

ए मानवरुपी खोल ओडेका यस धर्तीमा पैदा भएका दानवहो तिमीहरुले १० सेकेण्ड हतार गरेको कारणे मृत्यु भएको जिम्मा तिमीहरुले लिने कि नलिने ? म तमाम सवारी चालकलाई भन्न चाहन्छु त्यसमा पनि विशेष गरि साना सवारी चालक मोटरसाइकल र ट्याक्सी चालकलाई भन्न चाहन्छु । के पछाडिबाट साइरन बजाउँदै आएको एम्बुलेन्सलाई बाटो नछाड्ने तिमीहरु नै हैनौ ? अनि एम्बुलेन्सलाई बाटो छाड्नुको साटो एम्बुलेन्सको पछि पछि कुदेर छिटो आफ्नो गन्तव्यमा पुग्न चाहने स्वार्र्थी तिमीहरु नै हैनौ ? तिमीहरुको स्वार्थीपनले एम्बुलेन्सलाई अवरोध पुर्याएर मानिसको मृत्यु भएको पत्तो छ तिमीहरुलाई ?

तिमीहरुलाई एम्बुलेन्समा मृत्युसँग संघर्ष गर्दै छट्पटाइरहेकोे बिरामीको कति सराप लाग्ला, कहिल्यै ख्याल गरेका छौ ? अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बिरामी बोकेको,सुत्केरी बोकेको एम्बुलेन्सलाई बाटो छाडेर गन्तव्यमा पुग्न सहायता गर्नु त कता– कता उल्टो त्यसैलाई अवरोध पर्ने गरि अघिपछि कुद्दा तिमीहरु भित्र अलिकति पनि दया माया पलाएन ? एम्बुलेन्सको साइरन एकोहोरो बजिरहँदा पनि तिमीहरुमा कहिल्यै करुणाभाव पलाएन ? एम्बुलेन्स भित्र छट्पटाइरहेको बिरामीको चित्कार तिमीहरुले नसुन्नुको कारण के ? के तिमीहरु चाहिँ अजम्वरी पाएर आएको हौ ?
हाम्रो ट्राफिक व्यवस्थामा पनि धेरै कमि कमजोरी छन । ट्राफिक दाजु पनि चालकलाई चिट काटेर पैसा बढी असुल्ने तिर मात्र ध्यान पुराएको जस्तो देखिन्छ । ट्राफिक दाई छातीमा क्यामेरा भिरेर रकम अशुली तिर मात्र लाग्ने कि एम्बुलेन्स देख्ने बित्तिकै जाम खुलाएर एम्बुलेन्सलाई पार लगाइदिने हो ?

मेरो अर्को प्रश्न सडकमा बस्ने ट्राफिक दाइलाई । के तपाईलाइ थाहा छ तपाइँले उचित व्यवस्थापन नगर्दा कतिजनाले एम्बुलेन्स भित्रै प्राण त्याग गर्न बाध्य भएका छन ? हरेक दिन जामकै कारण समयमा अस्पताल पुग्न नपाएर कतिले ज्यान गुमाउँछन के तपाइसँग त्यसको लेखाजोखा छ ? अर्को प्रश्न पत्रकार मित्रहरुलाई । प्रिय पत्रकार मित्रहरु सन्सारभरिको समाचार लेख्ने तपाईहरुको कलमले शहरको व्यस्त सडकमा साइरन बजाउँदै हिडेको एम्वुलेन्सभित्र कति बिरामी मरे त्यसको समाचार लेखेको छ त ?

अनि आम नागरिकले बुझ्नु पर्ने कुरा । दुई लेनको सडक चार लेनको भइसक्दा पनि जाम उत्तिकै छ किन ? किनकी, यहाँ नत कसैलाई लेन अनुशासनको पालना गर्नु छ न ट्राफिक नियम नै पालना गर्नु छ । यहाँ त केवल सवैलाई आफ्नो गन्तव्यमा पुग्न मात्र हतार छ । त्यो हतारो गर्ने मध्ये तपाइँ पनि पर्नुहुन्छ । प्रत्यक्ष अप्रत्यक्ष तपाइँकै कारणले यहाँ थुप्रैले अकालमै ज्यान गुमाएका छन । यसको जिम्मेवारी तपाइँले लिने कि नलिने ? अन्तमा सम्वन्धित निकाय भनेको ट्राफिक प्रहरी नै हुन । अन्तिममा फेरि म वहाँहरुसँगै अर्को एउटा प्रश्न गर्न चाहन्छु । के नेपालमा एम्वुलेन्स सञ्चालन सम्वन्धि कुनै कार्यविधी छैन ? के एम्वुलेन्सलाई पनि अन्य सवारी साधनलाई जस्तै एउटै नियम हो ? एम्वुलेन्सलाई सडक भइरहेका अवरोध हटाइदिने पहिलो कर्तव्य तपाइहरुको हैन र ? तपाइहरुले नै एम्बुलेन्सको साइरनको वेवास्था गरेपछि आम नागरिकलाई के खाँचो ?

हािमले ट्राफिक प्रहरीले बेला बेलामा राम्रा काम गरेर नागरिकको मन जितेका थुप्रै समाचारहरु सुन्दै आएका छौं । ट्राफिक प्रहरी दाजुहरुमा एउटा विनम्र अनुरोध तपाइहरुले एम्बुलेन्सलाई सहज आवतजावतको व्यवस्था मिलाउन सक्नु भयो भने पक्कै पनि करोडौ नेपालीको अुाशिष पाउनुहुनेछ । अन्तमा पुन आम तमाम सवारी चालकलाई विशेष अनुरोध गर्न चाहन्छु । कृपया कमसेकम विरामी बोकेको एम्बुलेन्स देख्ने बितिक्कै बाटो छोडिदिनुस,साइड लाग्नुस किनकी तपाइले एकैछिन ढिला गर्दा यदि कसैको जीवन बच्छ भने सन्सारमा त्यो भन्दा ठूलो पुण्य अरु केही हुंदैन । मृत्युभन्दा पनि पर अर्को कुनै ठाउँ हुन्छ र ? अझ भन्नुपर्दा जीवनभन्दा टाढाको गन्तव्य कुनै छ र ?

हामी देशका तमाम बेथितिलाई लिएर सधैँ नेताहरुलाई सरापी रहेका हुन्छौँ । तर सवै बेथितिको जिम्मेवार नेता मात्र हुन्नन । एउटा थीति हामी आफैबाट,आजैबाट सुरु गरौँ, एम्बुलेन्सलाई सवै मिलेर बाटो छोडिदिउँ , आजैवाट कोही पनि अकालमा मर्न नपरोस, प्रण गरौं ।

तपाईंको प्रतिकृया