काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग बढेसँगै सामाजिक सञ्जालकै कारण विभिन्न किसिमको सामाजिक विकृतिहरु देखिएको नेपाली नागरिकहरुले खुल्ला अभिव्यक्ति दिँदै आएका छन् । यस्ता कुरालाई लिएर नेता तथा विज्ञहरुले पनि थ्प्रै किसिमले अभिव्यक्ति दिन लागेका छन् । तर सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको तस्तै पारित भयो भने फेसबुक चलाउने व्यक्तिहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना रहेको देखिएको छ ।सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल प्रयोग कर्ताले सामाजिक सञ्जालमार्फत कसैलाई गाली बेइज्जत गरि कमेन्ट गरेमा कडा भन्दा कडा सजाय हुनु पर्ने प्रावधान राखिएको छ ।

प्रस्तवित ऐनको दफा ९४ मा फेसबुक लगायतको सामाजिक राख्न नहुने कुराहरु उल्लेख गरिएको छ । त्यस्तै कुनै युट्युव च्यानल वा बेवसायट चलाएको छ र सरकालाई चित्त बुझेन भने जुनसुकै बेला पनि बन्द हुन सक्ने प्रावधान रहेको छ । त्यस्तै विगत छापाखाना तथा प्रकाशन ऐनले समाचार लेखेको भरमा नै कुनैपनि सञ्चारमाध्यम दर्ता खारेज नगरिने अधिकार सुनिश्ति गरेको थियो ।

अब भने सरकारलाई चित्त नबुझेको बेवसाइटहरु बन्द गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई चिठ्ठी लेख्न सुरु गरिसकेको छ । सरकारले तयार गरेको कानुन संसदबाट पारित भएपनि फेसबुक ट्वीटर सामाजिक सञ्जालमा मनमौजी पोस्ट गर्नेहरुलाई ५ वर्षसम्म कैद तथा ५५ लाख जरिवाना हुने सूचना प्रविधि विधेयकमा उल्लेख गरिएको छ । फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिले कस्ता कस्ता कुरालाई ध्यान दिनुपर्छ भन्ने बारे निम्न कुराहरु बताइएको छ ।

 

तपाईंको प्रतिकृया