काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको प्रष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा आज बिहान ७ बजे आफ्नै निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै मूल्य चुकाएर भए पनि मुलुकबाट भ्रष्टाचारलाई अन्त्य गर्ने दोहो¥याएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारका उपलब्धीबारे देशबासीमाझ चर्चा गरेका थिए । उनले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको प्रष्ट पारे ।

जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने प्रधानमन्त्री ओलीको भनाई छ । उनले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताएका हुन् । नेपालले आयोजना गरेको २ दिने लगानी सम्मेलन मुलुकको हितमा भएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सम्मेलनमा सहभागी अन्तराष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा जानकारी गराए । प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गरेका छन् । उनले सबैखाले अतिवाद, अशान्ति र उच्छृङ्खलताबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताए । ओलीले विप्लव समूहप्रति संकेत गर्दै त्यसको गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको स्पष्ट पारे ।

तपाईंको प्रतिकृया