तनहुँ, तनहुँको व्यास नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले अाफ्नो तलब बापत अाउने रकम अाफ्नै वडामा रहेको शुक्र अाधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् । शुक्र अाधारभुत बिधालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन ।

वडा अध्यक्ष श्रेष्ठले अाफ्नो तलब मध्येबाट मासिक दस हजार रुपैयाको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका छन् । श्रेष्ठले अंग्रेजी विषय पढाउने निजि शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताए थिए । सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।

तपाईंको प्रतिकृया