काठमाडौं,
मलेसियामा यही अप्रिल १२ देखि १८ तारिखसम्म हुने आईसीसी यु १९ विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटमा खेल्ने जाने नेपाली यु १९ क्रिकेट टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको टोलीका प्रमुख प्रशिक्षक विनोद दास रहेका छन् । नेपालसहित सो समूहमा ६ टोलीको सहभागिता छन् । जसमा शीर्ष स्थान आउने टोोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ एकदिवसीय विश्वकपमा खेल्न पाउनेछ । कप्तान रोहित र प्रशिक्षक विनोदले नेपाल छनोट हुनेमा विश्वास गरिएका छन् ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग खेल्नेछ । १३ अप्रिलमा यूएई र १५ अप्रिलमा आयोजक मलेसियासँग खेल्ने नेपालले यसपछि दुई खेल ओमान र कुवेतसँग खेल्नेछ । नेपाली टोलीमा रोहित, आशिफ शेख, भीम सार्की, सन्दीप जोरा, पवन शर्राफ जस्ता भरपर्दा खेलाडी हुनाले नेपालले विश्वकपमा छनोट हुने आसा गरिएको छ ।

तपाईंको प्रतिकृया