बनेपा÷लामो समयदेखि चलचित्र क्षेत्रमा नायकको रुपमा आफूलाई चिनाएका पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त आदित्य बुढाथोकी नाट्यश्वरी कला सम्मानद्वारा सम्मानित भएका छन् । नाट्यश्वरी कला केन्द्रको आयोजनामा हालै बनेपामा सम्पन्न ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ मा बुढाथोकी सम्मानित भएका हुन् । उनलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका थिए ।


नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यता र काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीको बिषेश आतिथ्यता रहेको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रममा पुराना लोक गायक शिवनारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । । अवार्ड कार्यक्रममा अवार्ड बितरण गर्नुका साथै नेपाली गीत सङ्गीत, चलचित्र तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुया¥एकाहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बुढाथोकीका साथै कलाकारहरु बसुन्धरा भुषल, चैत्य देवी, संचारकर्मीहरु भोला थापा, जीवन पारजुली, शान्तिप्रिय लगायतलाईं सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया