काठमाण्डौ  नागार्जुन नगरपालिका वडा नं ४ को आर्थिक सहयोग र श्री पञ्चकुमारी महिला समितिको आयोजनामा यहि चैत्र १५ गतेदेखि १७ गतेसम्म ३ दिने देश दर्शन कार्यक्रम सम्पन्न भएको छ ।

देश दर्शन कार्यक्रममा नागार्जुन ४ मा रहेका ज्येष्ठ नागरिक,एकल महिला लगायत विभिन्न स्वयं सेवक एवम स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । भ्रमण टोलीमा ७० जनाको उपस्थिती रहेको थियो ।

यहि चैत्र १५ गते काठमाडौको नागार्जुन ४ सीतापाईला चोकबाट प्रस्थान गरको ज्येष्ठ नागरिकको टीम नवलपरासिको सिजी धाम,चितवनको देवघाट,त्रिवेणी धाम(गजेन्द्र मोक्ष) ,दाउन्ने कालिका हुँदै १७ गते काठमाडौ फर्केको थियो । भ्रमण सम्पन्न गरेर आएका ज्येष्ठ नागरिकहरुलाई नागार्जुन नगरपालीकाकी उप मेयर सुशिला अधिकारी र वडा नं ४ का अध्यक्ष करुण कुमार बलामीले चक्लेट बाँडेर स्वागत गरेका थिए ।

भ्रमण टोलीको नेतृत्व श्री पञ्चकुमारी महिला विकास समितिका सचिव एवम स्थानीय जन प्रतिनिधि सुशिला नेपालले गरेकी थिइन् । भ्रमण एकदमै रमाईलो भएको भन्दै ज्येष्ठ नागरिकहरुले आयोजकको मुक्त कण्ठले प्रशंसा गरेका थिए । भ्रमणको व्यवस्थापनमा पञ्चकुमारी महिला विकास समितिका कोषाध्यक्ष इश्वरा ज्ञवाली,वडाका कर्मचारी,एवम वडा सदस्यहरु विश्वेश्वर ढुंगाना,विष्णुहरी भट्टराई ,निरा गजमेर लगायतका स्थानीय महिलहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।

भ्रमण अवधिभर ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गदै स्वास्थकर्मीहरु सरिता पाण्डे,हिमालय भट्ट ज्ञानु विष्ट लगायत अनवरत खटिएका थिए । यस्ताखाले भ्रमणहरुले समाजमा ज्येष्ठ नागरिकको प्रतिष्ठा बढाएको भन्दै खुशी व्यक्त गर्दै ज्येष्ठ नागरिक इन्द्र बहादुर खड्काले भने, ‘ज्येष्ठ नागरिकको मनोवल बढाउने यस्ता खाले भ्रमण आयोजना गरिनु आफैमा स्वागतयोग्य रहेको छ’ ।

स्वयंसेवकको रुपमा नेपाल रेडक्रसको तर्फबाट खटिएका उमा आचार्य, लक्ष्मी पौडेल एवम अन्य स्वयसेवकहरु दिपा नेपाल,सोफिया भट्टराई,तुलसा थापा,इश्वरी वस्ती लगायत दिदी बहिनीहरुको खटाइप्रति खुशी व्यक्त गर्दै वहाँहरुको सहयोगका कारण नै ज्येष्ठ नागरिकलाई यति लामो यात्रा गराउन सफल भएको भन्दै कार्यक्रमका संयोजक सुशिला नेपालले सबैलाई धन्यवाद दिइन ।

तपाईंको प्रतिकृया