बाबु अध्यक्ष छोरा निमित्त प्रशासकिय प्रमूख अधिकृत

बेथानचोक/ काभ्रेको बेथानचोक गाउँपालिका जहाँ बाबु गाउँपालिकाको अध्यक्ष छन् भने छोरा निमित्त प्रमूख प्रशासकिय अधिकृत छन् । प्रेम बहादुर तिमल्सिना गाउँपालिकाको अध्यक्ष हुन् भने उनका जेठो छोरा सिताराम तिमल्सिना निमित्त प्रशासकिय प्रमूख भएर काम गरिरहेका छन् । यसअघि संघीयता लागु नहुँदा ढुंखर्क स्वास्थ्यचौकिको अहेव रहेका तिमल्सीना संघीयता लागु भएपछि गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।

यसअघिका प्रमूख प्रशासकिय अधिकृत टेकराज आचार्य कर्मचारी समायोजनमा संघमा परेपनि उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्ण प्रसाद सापकोटा बेथानचोक गाउँपालिकामा समायोज भई आए पनि उनलाई यस अघिका आचार्यले कानुनी अधिकार (पैतिस दिन सम्म मेरो म्याद रहन्छ) देखाउँदै हाजिर गराउन आनाकानी गरि निमित्तको जिम्मा प्रशासनका अरु कर्मचारी हुँदा हुँदै पनि अहेव तिमल्सिनालाई दिई सरुवा रोक्न दैनिक आचार्य र अध्यक्ष तिमल्सिना मन्त्रालय, विभाग लगायतका शक्तिकेन्द्र धाउने गर्दै आएको स्रोतले बताएको छ । स्थानिय तहमा समायोजन मा परेका अन्य कर्मचारीलाई रमना दिन समेत आनाकानी गरिएको बताइएको छ । यसअघि विभिन्न ठेक्का पट्टा, टेण्डर, र खानीको बिषयमा मुसिदै विवादमा आएका आचार्यले अध्यक्षसँग मिलेमत्तो गरि करोडौँ रकम चलखेल गर्न अध्यक्षकै छोरा तिमल्सिनालाई निमित्त थमाउँदै विभिन्न निर्णय गरी लाखौँ चलखेल गर्न खोजिएको स्रोतले नेपाल खबरडेलीडटकमलाई बताएको छ । जनताको गुनासो सुन्न नरुचाउने, जनप्रतिनिधिको आडमा जनतालाई सास्थी दिँदै झर्काे फर्काे गर्ने आचार्यको नियत सरुवा रोक्न हिँड्नुको पछाडी के रहस्य लुकेको छ ? स्रोत प्रतिप्रश्न गर्छ ।

आफ्नै कार्यालयमा रहेका कर्मचारीलाई समेत झर्काे फर्काे गर्ने र सैनिक व्यवहार देखाउन खोज्ने आचार्यसँग अध्यक्ष तिमल्सिनाको सम्बन्ध बारे समेत स्रोतले शंका गरेको छ । स्रोत भन्छ यस्तो गहिरो सम्बन्ध जनतासँग राख्नुपर्ने तिमल्सिना कमाउ खेलमा लागेको प्रष्ट हुन्छ । सरुवा भईसकि अर्काे व्यक्ति आउँदा समेत हाजिरी नगराउनु, अध्यक्षका आफ्नै छोरालाई निमित्त दिनु, अध्यक्ष आफै सरुवा रोक्न लाग्नु, यसै समयमा विभिन्न किसिमका निर्णय गर्नु निकै शंकास्पद रहेको स्रोतले बताएको छ ।

तपाईंको प्रतिकृया