उज्यालाेकाे अंकुरण

लालीगुराँसकाे पहाडमा
पग्लदा पग्लदै हाँसाे थामियाेस्
काला पहाडकाे फूलबारीमा
उज्यालाे इमान नमराेस्
बग्दाबग्दैकाे पानी सुकेर बगर बन्न नसकाेस
राप हुँदा हुँदै घाम नसेलाओस भनेर
कालाे पथ्थर देखिनु अगाडि नै
सगरमाथाकाे शिरबाट टिपेर
एक अँजुली हिउँकाे बीउमा
काेशी,गण्डकी,कर्णालीकाे जल सुक्नु अघि नै
घडामा भरेर
निदाउनु अघि नै घामकाे छातीबाट
एक मुट्ठी न्यानाे राप खाेसेर
मिसाउँदै
हिउँकाे राेपाईं गर्नुछ

राेप्नु छ फूलवारीकाे समथर गराेमा
अभिमानकाे उज्यालाे
अर्थात सगरमाथाकाे बीउ
जन्माउनु छ उज्यालाे

थाहा छ मलाइ
उज्यालाे जन्माउन आगाे चाहिन्छ
आगाे जन्माउन
घर्षणकाे ताताे र हावा चाहिन्छ

हरेक प्रजातिका बीउहरू अंकुराउन
घाम, हावा र पानी चाहिन्छ
हुर्काउन माटाे चाहिन्छ
हावापानी मिलेका बिरूवाहरू मर्दैनन
फैलिएर जान्छन
नमिलेका सुकेर जान्छन्

मलाइ थाहा छ
घाम र पानी ज्यूँदाे भएसम्म
फूलवारी उजाड हुँदैन
यस अर्थमा
तिमी घाम र म पानी मिलेर
राेपाईं गर्नु छ हिउँकाे
किनकी
हिउँ उम्रिएपछि पहाडकाे स्वाभिमान मर्दैन
पानीकाे मूल पलाएपछि
बगर तिर्खांउनु पर्दैन
हिउँकाे राेपाईंमा घाम पलाएपछि
धर्तीमा न्यानाे मर्दैन
उज्यालाे फूलवारीमा अँध्याराे फल्दैन ।

भुवन सिवाकाेटी “चाैघरे”
काठमाडाै

तपाईंको प्रतिकृया