काठमाडौको नागार्जुन नगरपालिका वडा नं ४ स्थीत लामथुम्कीमा धार्मिक जागरण महायज्ञ संचालन गरिने भएको छ । यहि चैत्र १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा श्रीमद्धभागवत कथावाचन एवम हरिकथा उत्सव गरिने आयोजक कमिटिले जनाएको छ ।

सानै उमेरमा नेपालका विभिन्न स्थानमा कथा प्रवचन गरेर ख्यातिप्राप्त विदुषी श्री सुधादेवी शास्त्रीको मुखारविन्दुवाट हुन लागेको उक्त महायज्ञमा अन्य ख्यातिप्राप्त अतिथि विद्धानहरुको समेत प्रवचन रहने छ ।कार्यक्रममा संगीतमय भजन किर्तन एवम विभिन्न झांकीहरुको समेत प्रदर्शन हुनेछ ।  चैत्र १ गते कलश यात्रा गरेर कार्यक्रमको उद्ध्घाटन गरिने भएको छ भने चैत्र ९ गते समापन गरिने भएको छ ।

सीतापाईला ४ का स्थानीयबासीहरुको पहलमा आयोजना गरिएको उक्त कार्यक्रम दान र चन्दा रकम संकलन गर्ने उद्येस्यले गरिएको नभइ समाजमा धार्मिक जागरण गराई हिन्दु धर्मको संम्रक्षण गर्दै सामाजिक एकता कायम गर्ने रहेको मुल समारोह समितिका अध्यक्ष लक्ष्मीराम शर्माले बताएका छन् ।

महायज्ञका लागि नागार्जुन नगरपालिका लगायत विभिन्न स्थानका महत्वपूर्ण र प्रतिष्ठित व्यक्तिहरु अतिथिको रुपमा बोलाइएको बताउदै सचिव गोकुल प्रसाद पौडेलले  स्थानीयबासी एवम सवैमा महायज्ञमा सहभागी हुन अनुरोध गरेका छन् ।

तपाईंको प्रतिकृया