काभ्रे
मन्दिर छिर्न पाइन्न रे सानो जात,
कुन पापीले गरायो यस्तो घात
भगवान तिमीले भनेनौ तैंले पूजा नगर मलाई,
भाग्य लेख्ने भावीको छैन दोष तर समाजले खराब पा¥यो मलाई
एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि मानवले मानवलाई छिछि दुरदुर गर्दै भेदभाव गर्ने चलन अझै कतिपय स्थानमा यथावत नै पाइन्छ । सानो जात र ठूलो जातको भेदभाव कायमै रहेको पाइन्छ । जसले गर्दा समाजमा थुप्रै अप्रिय घटनाहरु घट्ने गर्दछ । यीनै विषय वस्तुलाई गीत संगीतमार्फत उजागर गर्न खोजेका छन् लोक दोहोरी गायिका शर्मिला श्रेष्ठले । उनलाई साथ दिएका छन् गायक राजेशकुमार नेपालीले ‘पूजा नगर मलाई’ बोलको गीत मार्फत ।


जातिय भेदभाव र छुवाछुत विरुद्ध सचेतनामुलक गीत ‘पूजा नगर मलाई’ को राजधानीमा एक कार्यक्रमका बीच विमोचन भएको छ । वरिष्ठ गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वली, वरिष्ठ संगीतकार सुरेश अधिकारी, वरिष्ठ संगीतकार महेश खड्काले विमोचन गरे । विमोचन गर्दै वष्ठि गायिका तथा सांसद ओलीले ‘पूजा नगर मलाई’ साँच्चै नै मर्मस्पर्शी रहेको बताइन् । समाजमा व्याप्त छुवाछुत विरुद्ध सचेतना जगाउन मद्दत पुग्ने बताइन् । त्यस्तै संगीतकारद्वय अधिकारी र खड्काले यस्ता किसिमका सामाजिक विकृतिविरुद्ध सचेतना जगाउने किसिमका गीतले समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेल्ने बताए । कार्यक्रममा उपस्थित कलाकार तथा संचारकर्मीहरुले समेत पूजा नगर मलाई उत्कृष्ट बनेको भन्दै तारिफ गरेका थिए ।
बिहिबारबाट रिलिज गरिएको जनचेतनामुलुक लोक दोहरी गित श्रेष्ठ शर्मिलाको युटुब च्यानलबाट रिलिज भएको हो । शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीको स्वरमा सजिएको गीतमा पासाङ् कुमार लामा ब्लु स्काइको शब्द, राजेशकुमार नेपालीको संगीत तथा बिनोद बाजुरालीको संगीत एरेन्ज रहेको छ । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको उक्त भिडियोमा समाजमा व्याप्त कुरिति कुसंस्कारलाई प्रस्तुत गरिएको छ । उपल्ला जातिलाई तल्लो जातिलाई हेयको भावले गरिने व्यवहारलाई यसरी उजागर गरिएको छ ।


‘कुकुर मानव मानव चाहिँ कुकुर भो
शिकारीले छेकेको ढुकर भो’
लोक बस्ती, ग्रामीण भेगको रहन सहनलाई लोकभाकामा प्रस्तुत गरएिको ‘पुजा नगर मलाई’ रामेछापको रमणीय स्थलमा छायांकन गरिएको छ । गितको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने रमणीय सुन्दर दृश्यलाई मरुभूमि नारायणले खिँचेका छन् । रोशन धितालको सम्पादन रहेको भिडियोमा रस्मी भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको आकर्षक अभिनय रहेको छ ।
जातीय छुवाछूत अन्त्यको लागि जनचेतना मुलुक लोक दोहरी गित इन हाउस कृयसन र लिखु तामाकोशी गाउँपालिका रामेछापको प्रस्तुती मर्मस्पर्सी ‘पूजा नगर मलाई’ भिडियोले वास्तविक समाजका विकृतिलाई उजागर गर्न खोजेको छ । जातिय छुवाछुतबाट पिल्सिएकाहरुको यथार्थलाई मल्हम लगाउने काम गरेको छ । आशा गरौं भोलिका दिनमा जातिय छुवाछुतबाट कोहि पनि पिडीत हुन नपरोस् ।

तपाईंको प्रतिकृया