काठमाण्डौ /धुर्मुस सुन्तलीद्वारा चितवनको भरतपुर मा निर्माणाधिन “ गौतम बुद्द अन्त राष्ट्रीय क्रीकेट रङ्गशाला “ एक लाख एघार हजार एक सय एघार सहयोग घोषणा गरेका छन् । उनीहरूद्वयले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।

हेर्नुस कुञ्जना घिमिरे–सुन्तलीको फेसबुकमा पोष्टिएको स्ट्याटस जस्ताको त्यस्तै

हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु- अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरे को तर्फ बाट चितवनको भरतपुर मा निर्माणाधिन “ गौतम बुद्द अन्त राष्ट्रीय क्रीकेट रङ्गशाला “ को सहयोगार्थ रु १,११,१११ सहयोग घोषणा गर्दछौ !!
हाम्रा हरेक बिषेश अवसर लाई यसरि नै समाज सेवा र राष्ट्र निर्माण मा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ
आउनुहोस यो महाअभियान मा मिलेर सहकार्य गरौ

“ राष्ट्र निर्माण तपाई हाम्रो अभियान “

तपाईंको प्रतिकृया