शुकदेव थपलिया काभ्रे
घर छेऊ सरकारी अस्पताल छ तर त्यो नेपाली उखान झैँ कागलाई बेल पाक्यो हर्ष न विस्मत भनेझैँ सरकारी अस्पतालको बेहाल छ । सरकारी अस्पताल जहाँ बिरामी लिउने–लाने एम्बुलेन्स सञ्चालनमा छैन ।, त्यही अस्पताल जहाँ अस्पतालको लागि एक जना पनि सुरक्षा गार्ड छैनन् ।, सरकारले तोकेको ७० थरिका निःशुल्क औषधी पर्याप्त नहुँदा अस्पतालका बिरामी निजी क्लििनिकमा उपचार गराउँन विवश छन् । जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा सञ्चालित रहेको नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा औषधीको हाहाकार हुँदै आएको छ । सहज रुपमा उपलब्ध हुने सामान्य औषधी समेत अस्पतालमा छैन ।


अस्पतालमा एक जना मेडिकल सुपरिडेन्ट हुनुपर्ने विगत ६ महिना अघि भदौमा अस्पतालमा कार्यरत मेडिकल सुररिडेन्टल मुक्तिराम श्रेष्ठले राजिनामा दिएर चिकित्सकको आन्दोलनमा गएपछि अस्पतालको यो आर्थिक बर्षको लागी स्वास्थ्य विभागमा २५ लाख औषधी खरिदको लागि छुट्याइएको भए पनि आर्थिक कारोबारको लागी निमित्त नतोकिएको कारण र सो कार्य गर्न अस्पतालका कोही व्यक्तिलाई पनि अख्तियारी नहुँदा औषधी अभावको स्थितिमा अस्पताल पुगेको हेल्थ असिस्टेन्स गंगा मरासिनीले जानकारी दिइन् । प्राथामिक स्वास्थ्य केन्द्रबाट सञ्चालित जिल्लाको एक मात्र १५ शैयाको सो अस्पतालमा दैनिक ५० जनाको सङख्यामा बिरामी आउने गरेको बताइन्छ । आईतबार र बिहिबार अस्पतालमा विरामीको बिशेष चाप भए पनि औषधी अभावका कारण चिकित्सकलाई काम गर्न त्यति उत्साह नआउने एक चिकित्सकले बताए ।
तीन जना डाक्टरहरूले ओभरटाईम गर्छन तर पैसा पाउँदैनन् । एक जना डाक्टरले हप्तामा ४२ घण्टा सेवा दिनुपर्ने हुन्छ । त्यसले नपुगेर हामी सबैले मिलेर आभरटाइम काम गछौँ तर थप तलब केही पाउँदैनौ स्करसिप अन्तर्गत करारमा रहेका डाक्टर शसी कुमार यादवले कुराकानी गर्दै बताएका छन् ।, ओषधीहरू कतिपय सकिसकेको छ ।, नगरपालिकाबाट ल्याउँदा पनि पर्याप्त पाइदैन, अबको २ महिना भित्रमा सबै औषधीहरू सकिन्छन् । तर त्यसको लागी केही तयारी कसैले पनि गरेका छैनन् । उनले भने । २५ जनाको दरबन्दी भएको सो अस्पतालमा ७ जना मात्रै कार्यरत छन् । त्यस मध्ये पनि केही करारका छन् । डा.निद्रीत बोहोरा,डाक्टर लिसा यादव स्थाई हुन भने शसी कमार यादव र अस्मिता हुमागाँई करारमा कार्यरत छन् ।
मेडिकल सुरपरिडेन्ट १ जनाको दरबन्दी भए पनि सो श्रेष्ठ गएदेखि नै खाली छ । अस्पतालमा मेडिकल अधिकृत अधिकृत २ जना, हेल्थ असिस्टेन्ट १,नर्सिङ अधिकृत २,स्टाफ नर्स ४ , अनमी ३, अहेव २, ल्याव टेक्निसियन २,डार्क रुम असिस्टेन्ट १, फार्मेसी १, खरिदार १, कार्यालय सहयोगी ३, ड्राईभर १, चौकिदार १ जना,मेडिकल अधिकृत करारमा दुई जना ४ जना डाक्टरमा १ जनाले मात्रै ड्युटी गर्दै आएको । ३ जना पारामेडिक्समा १ जना मात्रै , २ नर्सिङ अधिकृतमा १ जना मात्रै ४ स्टाफ नर्समा १ जना मात्रै , अनमी १ जना मात्रै कार्यरत रहेका छन् । अस्पतालमा प्रमुख व्यक्ति नै नहुँदा समयमा तलब आउँदैन । अनुगमनको क्रममा गत फागुन २ गते नगरपालिकाको ४का स्वास्थ्य खानेपानी तथा सरसफाई समितिका संयोजक समेत रहेका ४ नंम्बर वडा कार्यालयका वडाध्यक्ष उद्धव प्रसाद काफ्ले गरेको अनुगमनमा अस्पतालमा कार्यरत रहेका चिकित्सकहरू हप्तामा एक पटक आएर हाजिरी गरेको कोही महिनौ बिदामा बस्दै आएको भन्दै तलब रोकका गरेको बताउँदै आएका छन् । यता जिल्ला स्वास्थ्य प्रमूख नन्दराज अवस्थी भन्छन्– प्राथामिक स्वास्थ्य केन्द्रहरु खोपासी, धुलिखेल,सुनथान, पाँचखालमा सञ्चालित छ त्यो मध्ये एक मात्रै १५ शैयाको अस्पताल हो मेथिनकोट अस्पताल , अहिले जिल्लाले गर्ने काम सबै स्थानिय निकायले गर्छ । काभ्रेको चौरिदेउराली गाउँपालिकाको धुसेनीमा अर्काे अस्पताल बन्ने प्रक्रिया शुरु गरिएको छ । सबै सरकारी स्वाथ्स्य संस्था प्रदेश सरकारको मातहतमा रहने भएकोले मेथिनकोट अस्पतालबारे पहिले नमोबुद्ध नगरपालिका जिम्मेवार हुनुपर्छ । उनले कुराकानीमा भनेका छन् । गाउँमा अस्पताल छ भन्दा छ मात्रै भएको छ हामीलाई यो भए नभएको कुनै मतलब हुँदैन केही परे सिधै प्राईभेट र जिल्लाका अरु अस्पताल पुग्छौँ यो हाम्रा लागी कागलाई बेल पाकेको उखान बराबर सावित हुँदै गएको छ । एक स्थानियले कुराकानीको क्रममा अस्पतालको अवस्थाबारे भने ।

तपाईंको प्रतिकृया