काभ्रे
काठमाण्डौमा कार्यरत नेपाली सेनाका एक मेजरद्वरा महिलामाथि बलात्कारको प्रयास गरेको घटना सार्वजानिक भएको छ । शनिवार बिहान भएको घटनामा महिला र ति मेजर दुबै घाईते भएपछि मेजर छाउनीमा उपचार गराइरहेका र महिलाले काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराएर आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिन गएपछि घटनाको रहस्य खुलेको थियो । काभ्रेको बनेपा नगरपालिका १३ साँगा दिपेन्द्र प्रहरी स्कुल नजिकै घर भएका ति मेजरको घरमा गत जेठ देखि छिँडीमा पसल गरि बस्दै आएकी धुलिखेल नगरपालिका २ घर भएकी ३५ बर्षिय अविवाहित महिलामाथी जवरजस्ती करणी गर्न खोजेको र आफूले प्रतिकार गर्न खोज्दा मेजरले हात लाई बटारिदिएर भाँचिदिएको ति महिलाले दिएको उजुरीमा उल्लेख उल्लेख छ ।

प्रहरीले उजुरी नलिएपछि आर्मी हेडक्वाटरमा उजुरी दिन गएको बताउँदै पीडित महिलाका सहयोगी प्रताप तामाङले भने –आर्मी हेडक्वाटरले पनि दुई तिन पछि मात्रै आउँनु भन्दै हप्काएर पठाए । उनी भन्छन् उी महिलालाई साह्ै अन्याय भएको रहेछ । त्यही भएर मैले सहयोग गर्देको हुँ । यो घटनाले पावर हुनेले जे गरे पनि हुने रहेछ भन्ने कुरा बुझिन्छ ।

शनिवार बिहान ५ बजे मेजर दिलीप खड्काको घरको भुईतल्लामा पसल गर्दै आएकी (नाम परिवर्तन) रोशनी लामाले उठेर दाँत मोल्दै गर्दा माथिल्लो तल्लाबाट झर्दै खड्काले आफ्नो गुप्ताङग देखाउँदै अपशब्द बोलेको र अचानक आफूमाथि झम्टीएर संवेदनशिल अंगहरूमा छुने प्रयास गरेको र आफूले प्रतिकार गर्दै भाग्दै गर्दा उनले कुटपिट समेत गरेको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले आफ्नो उजुरको जिल्ला प्रहरी कार्यालय काभ्रेले व्यवास्ता गरेको आरोप लगाएकि छिन् । आइतबार अस्पतालबाट उपचार गराएर सिधै जिल्ला प्रहरी पुगेकी उनी रुँदै भन्छिन– मलाई काट्छु मार्छु भन्दै धम्की समेत दिएको छ ।, मैले तपाई जस्तो मेजरले यस्तो व्यवहार गर्न सुहाउँदैन के गर्न खोज्नु भएको भन्दा उल्टै कुटपिट गरे मलाई लछार पछार पार्दै गर्दा उसको हातको पञ्जा हटाएर बाहिर गुहार माग्न निस्कन सफल भएर मात्रै बाँचेको हुँ, उसको त्यतिबेलाको आक्रमकशीली हेर्दा मलाई मार्ने नियत कै थियो ।

यता जिल्ला प्रहरीमा दुई दिन बित्दा समेत ति मेजर लाई झिकाउन सकेका छैनन् मेरो उजुरी उपर जिल्ला प्रहरीले कुनै सुनुवाई गरेन । ति पीडितले कुराकानीमा भनिन् । यस बिषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरी भन्छन् –ति महिलाले उजुरी गरेकि छिन् घरबेटिसँगको झगडा भनेर उजुरी गरेकि छिन्, उनको उजुरी अनुसार नै हामीले ति मेजर भनिने व्यक्तिसँग सम्पर्क गरिरहेका छौँ । सेनाको मान्छे भएपछि हामीले बुझ्नै परिहाल्यो उनलाई बोलाएर सम्पर्कमा ल्याएका छौँ, केही दिनमै सम्पर्कमा ल्याई अनुसन्धान गरि छानविन गर्ने प्रक्रियामा छौँ ।, ज्यान केश लगायत जघन्य अपराधको घटना भएपछि हामीले हर्ने हो, त्यो बाहेक अरु सबै सेनाभित्र नै कारबाहिको प्रक्रिया हुन्छ, हामीले अनुसन्धान गरिरहेका छौँ हाम्रो प्रोसेस चलिरहन्छ । यता पिडित महिला न्याय नपाएको भन्दै केन्द्रिय प्रहरी को महिला शेलमा जाने तयारी गरिरहेकी छिन् । मैले न्याय पाइन भने त्यसले मलाई मार्दा पनि न्याय पाउँदिन भन्ने बुझिन्छ । उनले भनिन् ।

तपाईंको प्रतिकृया