कुसल सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत ‘काँ होला र सुन जस्तो पितल’ सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीतमा सरोज लामिछाने र सरिता रिजालको आवाज रहेको छ ।

मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोजले यस अगाडी पनि केहि गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन ।

यस अघि बदाम खाको सुन्तला छोडाको , धानको बाला , माछी काहा छ ,सालको पात हे माया , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, लगायतका चर्चित गीत गाएर सबैका लोकप्रिय बन्न सफल लामिछानेको यो गीत पनि यु ट्युवमा लोकप्रिय बन्दै गएको छ ।

सरोज लामिछानेको लय तथा शब्द सिर्जना रहेको सो गीतमा दिनेश थापा,एलिना रायमाझी,कल्यान कुमार र्की,मुस्कान घर्ति र सिमा भण्डारीको अभिनय रहेको छ साथै गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस 

https://www.youtube.com/watch?v=E3V2u_tuMA0

 

तपाईंको प्रतिकृया