२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मुलधारको राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शुक्रबार सरकार र राउतबीच सहमति भए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनकपुरबाट अनलाइनखबरलाई प्रतिक्रिया दिँदै निधिले भने, ‘साँच्चै विखण्डनको राजनीति छोडेर मुलधारको राजनीतिमा आएका हुन भने यो राम्रो कुरा हो ।’सरकारले राउतसँग ११ बुँदे सहमति गरेको छ । राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा रहेका राउत सर्वोच्च अदालतको आदेशपछि बिहीबार थुनामुक्त भएका थिए ।

तपाईंको प्रतिकृया