फागुन २०, काठमाडौं ।पत्रकार श्याम सुन्दर पुडासैनीले रविन्द्र अधिकारीको सम्झनामा जीवनगाथा सहितको गीत ल्याएका छन् । पुडासैनीले लेखेको गीतलाई लोकगायक पिएन साईलाले गाएका छन् । सारंगी रेटेर गाइएको गीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ ।

गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोक गीतले धेरैको मन छोएको छ ।

देशले आशा र भरोसा गरेको नेता गुमाएको भन्दै धेरैले मन झनै भावबिह्ल बनाएको छ ।पीडाले मन थाम्न नसकेको अवस्थामा भर्खरै सार्वजनिक यस गीतले धेरैको मन छोएको छ । हेर्नुस भिडियो

तपाईंको प्रतिकृया