[जनार्जन पौडेल] हो मृत्यु सबैभन्दा अप्रिय बस्तु हो तर पनि सबैभन्दा ठूलो शाश्वत सत्य हो त्यसैले वाध्यताका साथ स्विकार्नै पर्छ ।नेपाली इतिहासमा यस्तै अपत्यारिलो दिन बन्न पुग्यो हिजो बुधवारको दिन ।

हिजो दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटनामा सिस्नेभिरमा निधन भएपछि पत्रपत्रिका,टेलिभिजन लगायत सामाजिक सञ्जालमा यहि बिषयले प्राथमिकता पाएको छ । विशेष गरि सामाजिक सञ्जालमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको मृत्युप्रति धेरैले दुख प्रकट गरेका छन् ।

ती मध्यै कयौंले खुसी प्रकट गरिरहेको पनि देखियो । कयौले त मृत्यु जस्तो संवेदनशिल कुरालाई पनि मजाक जस्तो गरेको पनि पाइएको छ । कतिले अधिकारीको विगत कोट्याउदै केही समय अघिको वाइड वडी काण्डलाई पनि जोडेर कुराहरु ल्याइरहेका छन् । त्यतिमात्र नभइ कयौले त खुसीयाली नै मनाएर समेत लेखेको पाइयो । वास्तवमा यो समय त्यस्ता कुरा निकाल्ने र खुशीयाली मनाउने समय होइन् । कसैको मृत्युुमा खुसी मनाउनु मानवीय धर्म कदापि होइन । त्यसमा पनि राष्टको एक होनाहार नेता एवम देशको उच्च ओहोदामा रहेका मन्त्रीको निधनप्रति यसरी खुल्लेआम व्यंग्य गर्नु आफैमा दुर्भाग्य हो ।

फाइल तस्विर

अधिकारी वाइड बडी काण्डका कारण पछिल्ला दिनहरूमा केही विवादित देखिए पनि उनीमाथि भ्रष्टाचार गरेको आरोप पुष्टि भने भएको छैन ।आजपनि उनीमाथि धेरैले आशा गरेको पाइएको छ र नेपाली राजनीतिमा उनको योगदानलाई नकार्न सकिने ठाउ नै छैन । तसर्थ आजको यस घडीमा देशले एउटा आशालाग्दो नेता गुमाएको छ भन्दा अत्युक्ति नहोला । मृत्यु अवश्यम्भावी छ ! यो सन्सारमा जन्मेपछि सवैले एकदिन मृत्युको मुखमा पुग्नै पर्छ । तसर्थ आम नेपालीले बुझ्नु पनेै कुरा चाहि के हो भने हामीले कसैको पनि मृत्युमा रमाउनु हुन्न ।

मृत्यु पनि सत्तापक्ष या विपक्ष हुन्छ र ? मृत्युसँग राजनीति गर्नेहरुले यति कुरा याद राख्नु जरुरी छ कि यो सन्सारमा जन्मेपछि सवैले एकदिन मर्ने पर्छ । वाइडबडीको काण्डमा को को संलग्न छन त्यो त छानबिनको पाटो रहला । सरसर्ती हेर्दा सबै नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको पालाको सरकारको हो । जहाज खरिदपछि सर्वोच्चको आदेशमा बाँकी किस्ता बुझाउने काम रवीन्द्र अधिकारीले गरेका हुन् । जे होस अहिले कुरा मानविय सम्वेदनाको हो । के नेपाली समाजमा मानविय सम्वेदना हराउदै गएको हो त ?

के सवै नेपाली कागले कान लग्यो भन्दा कागको पछाडि दौडिने भएका हुन त ? के हामी मानव पशुभन्दा पनि तल्लो दर्जामा गिरिसक्यौ त ? मानवीय संवेदना गुमाएर यस्तो दुःखद घडीमा रवीन्द्र अधिकारीको उपहास उडाएर खुशी प्रकट गर्नेहरुको चेत खुल्न जरुरी छ ।

तपाईंको प्रतिकृया