हर्षित हुन्छन् होला छिमेकीहरू मिठाई दिनु
सबै सबैलाई म मरेको खबर सुनाई दिनु

यो खबर सुनेपछि आमा मुर्छा परिन होला
सके कोहि गएर मेरी आमालाई सम्झाई दिनु

मलाई धोकेबाज नभन्नु प्रिया भाग्य फुटेपछि
तिमीपनि सिन्दुर पुछिदिनु चुरा फुटाई दिनु

खालि गला खालि निधार भएरै यो चोला सकियो
ए दुश्मन हो तस्वीरमा फूलमाला चढाई दिनु

छोराले बाबालाई हेरी रूँदै रूँदै भन्यो बिन्ती
अस्पताल लगिदिनु बाबालाई बचाई दिनु

दिपेन्द्र सुनामी दीप
बर्दिया

तपाईंको प्रतिकृया