पहाड हाँसेकाे देश
आजकाल
भुटेकाे मकै र अकवरे खुर्सानी
फापरकाे राेटी र अचार
काेदाेकाे ढिंडाे र गुन्द्रुककाे भाेजनमा
भिटामिन र मिनरल्स पाँईंदैन
कतिसम्म बेइमानी भैयाे
पिज्जा,बर्गर, टाेष्ट र फ्राई राईसमा प्रसस्तै छ

अपभ्रंम्स भएकाे छ खाना जस्तै नेपाली लबज
हाेटल माेटेलमा परिबर्तन भएकाे छ
चमेना गृह रेष्टुराँमा रूपान्तरण भएकाे छ
खानाकाे उदगमस्थल र प्रकृति फरक छ
स्वाद फरक छ
तर चिया र कफिमा रगं उस्तै छ

हाेटलका कान्छाभाईहरू वेटर भए
भाँडामाझ्नेहरू क्लिनर भए
बदलिएकाे छ सबैकाे पहिचान
फेरिएका छन् भाषाहरू
माछाजस्तै जलचरहरू सिफुड भए
सुँगुरहरू बँदेल भए
फुर्सद छ वरिपरि रमाउन
हतार कसैलाई छैन लेट नाईट फर्कन
चिसाे भुजा पर्खिएकाे हुन्छ
आगाेले चिसाेलाई पाेल्दैन

पाक्छन बार्बक्यू सेकुवाकाे सट्टामा
जिब्राेकाे धर्म फेरिएकाेछ पहाडकाे देशमा
टुकि बिस्थापित भएका छन
टेबुलल्याम्प र माेमबत्तिमा डिनर खाने भए
त्यहिं बिद्युतिय भर्याँगहरूमा हिड्न जान्नेहरू छैनन्
लिफ्ट भन्न आउँदैन
कमाेड र प्यानमा असजिलाे लाग्नेहरू छन्

लाेकधुनहरू
डिस्काे, ज्याज, पप र र्याप भएका छन्
कान दुखाउने आवाजहरूमा
मधुरता र कर्णपृयता भेटिंदैन
आधुनिक भएकाे छ नयाँपुस्ता

समयकाे जाँगर घटेकाे छैन
अल्छि भएकाे छ मान्छे
गरिबीमा संमृद्धि पाएका केहि भाग्यमानी छन
देशकाे हराएकाे भाग्य
त्यहि कुनामा मात्रै बलेकाे छ
अँध्याराे भर्याँगकाे बत्ति जस्तै

खाेजि भएकाे बर्षाैं भयाे
रगत देखि पेट्राेल र पानीसम्म
नून देखि सून र पसिनासम्म
गिन्ती गरेर सारेगमपकाे ताल जसरी
आकार विहिन संख्या विहिन औंलामा समय गन्दा
मापन गर्न सकिदैन

समय कलिलै छ म बुढाे भएकाे छु
तर घाम बुढाे भएन
रात बुढाे भएन
नत उज्यालाे दिन नै बुढाे भयाे
सबै तन्नेरि हुँदाहुँदै
भुवाँदार बादल झैं पंख नछुटिदै
अनन्त फैलिएकाे अँध्याराे आकाश मुन्तिर
तप्पतप्प पसिना चुहाईरहेका बुढा मान्छे भेटिन्छन्
युवाहरू कताछन् पत्ताे छैन
बुढाे आँशु चुपचाप र ठप्प छ
समयले सबै बदलेपनि सकेन बदल्न
सगरमाथाकाे उज्यालाे देश
र त
विविधतामा अनेकता फूल्ने याे धरामा
अँध्याराे चुल्हाेका नागरीकमात्रकाे के कुरा
पहाडहरु पनि हाँसिरहेका भेटिन्छन

भुवन सिवाकाेटी “चाैघरे”
काठमाडाै

तपाईंको प्रतिकृया