बागडोलमा नेपाल एपीएम टेबलटेनिस क्लबको बुधबार उद्घाटन गरिएको छ । प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच क्लबको उद्घाटन गरेका हुन् ।

कोरिया एपीएम क्लबको प्रायोजनमा क्लबको निर्माण गरिएको हो । उद्घाटनपछि प्रशिक्षक टेबलटेनिस क्लिनिक पनि सञ्चालन गरिएको थियो भने यु–१८ उमेरसमूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

क्लिनिकमा ३५ तथा प्रतिस्पर्धामा ४० खेलाडीले सहभागिता जनाएको बताइएको छ । बिहीबार नेपाल र कोरियाबीच भेट्रान खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईंको प्रतिकृया