गजल
अझै हेर्नु सुरक्षित छैनन् यहाँ नारी पनि
बढ्दै गएका छन् दिनहुँ बलात्कारी पनि

छोरी नचाहेर गर्भमा तुहाउने मुर्खहरु
छाेरालाई खाेज्दैछन् सुशील बुहारी पनि

गाैतमबुद्ध जन्मेको मेरो देश नेपालमा
जन्मी रहेका छन् अझै अत्याचारी पनि

युवा राहदानी थमाई विदेश गएका छन्
रुँदै छन् पाखा पखेरा र खेतबारी पनि

निर्दोष जाकिन्छन तेसै कारागार भित्र
खुलेलाम हिड्छन हतियार धारी पनि
बिन्दा अधिकारी बिनु
नुवाकोट

तपाईंको प्रतिकृया