काठमाण्डौ

सरकारलाई खबरदारी गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आज राजधानीको  माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। नागरिक हक खोस्न पाइँदैन, खबरदारी जारी छ, प्रधानमन्त्रीज्यू तपाईं सपुत बन्ने कि कपुत?, शिक्षा र स्वास्थ्यमा माफियाकरण बन्द गर जस्ता नारा लगाउँदै डाक्टर केसी समर्थकले प्रदर्शन गरेका हुन्। सरकारले सम्झौताविपरीत चिकित्सा विधेयक पारित गरेको भन्दै डाक्टर केसीले १६ ‌औं अनसन सुरू गरेका थिए। उनले अनसनको २४ ‍‍औं दिन ‍‍‍ (शुक्रबार) मात्रै आफ्नो अनसन तोडेका हुन्।

चिकित्सा शिक्षा विधेयकमा विगतमा भएका सम्झौताहरूमा सरकार ‘असंवेदनशील’ भएको भन्दै केसीले आगामी दिनमा संघर्ष जारी रहने जनाउँदै तत्कालका लागि सत्याग्रह तोडेको उनले बताएका छन्।केसीले अविलम्ब चिकित्सा  शिक्षा विधेयकमा भएका ‘त्रुटि’ सच्याउन सरकार, संघीय संसद, राष्ट्रिय सभा तथा सांसदहरूलाई आग्रह गरेका छन्।

तपाईंको प्रतिकृया