फिल्ड डायरी
                                                            जीप दुर्घटना चिरफार !
                                   ‘हेलिकप्टर मगाई देऊ म बाँच्न चाहान्छु’: स्व.डिआइजी भण्डारी
शुकदेव थपलिया काभ्रे
यस्तो थियो जीप दुर्घटनाको प्रकृति:
काभ्रेको मण्डन देउपुर नगरपालिका भागेटार – वडा नम्बर ६ स्थित चन्द्र शेखर ढकालको ६ रोपनी कोदो रोपेको बारीमा सो जीप पल्टीएको थियो । स्थानिय १५ बर्षे युवक राजीव रिसालले पहिलो पटक सो दुर्घटना भएको कुरा थाहा पाएका थिए । सो लगत्तै उनले आफ्नो आमालाई सो कुरा भने र परबाट दुर्घटनाको दृश्य हेरिरहेका भोला ढकाल पनि दौडिएर घटना स्थल आए र अरुलाई पनि बोलाएका थिए ।


जीप दुर्घटना हुनु अगाडी नै करिब आठ मिटरको दुरी अगाडी नै जीपको छेऊपटिको टायर खसिसकेको देखिन्छ । त्यसपछि पुनः टायर रोडको लिकमा नै आएको देखिन्छ अन्दाजी गर्दा करिब ५ मिटर जति पर पुन टायरले लिक छोडेर सोही बारीको डिलमा टायर गएको र करिब २ मिटर जति टायर खसेपछि छेऊको टायर दुबै खसेको र बारीको चौडा कम भएकोले त्यस लगत्तै जीप तल्लो पाटोमा खस्न पुगेको देखिन्छ त्यस लगत्तै स्व.पत्रकार जीवन पराजुली तेस्रो पाटोमा खस्रेटोको बोट छेऊमा भेटिएका थिए ।

                                    जो जीप खस्दा घटनास्थल पहिलो पल्ट पुगे ।

यतिबेला सम्म जीपको चाबी पहिलो पाटोमा नै दोस्रो पाटोमा पछाडीको शिसा तेस्रो पाटोको भित्ता साइडमा जीपको अघिल्लो पट्टिको शिसा सहित एउटा उनको टोपी खसिसकेको देखिन्छ । त्यस लगत्तै जीप अर्काे बारीको पाटोमा पुग्छ जहाँ ३ थरी जुत्ता र जीपको माथील्लो छतको भाग खसेको छ । सोहि पाटोभन्दा तले पाटोमा हाल घाइते उपचारत पूर्व डिएसपी बिनोद गौतम र धनराज पुरी उनीभन्दा तल्लो पाटोमा अर्धचेत झैँ बारीको अन्तिम पाटोमा फेला परेका थिए । भने स्व.डिआइजी शुसिलकुमार भण्डारी जीप अड्केको मौवाको रुखभन्दा करिब ३ मिटर माथी निधारमा दाहिने हातले सलाम गरेजस्तै पोजिसनमा लडेको अवस्थामा केही बोलीरहेका भेटिएका थिए ।

                         जसले घटनामा एम्बुलेन्स बोलाएर रेस्क्युका लागी सबैलाई पहल गरे ।
जीपमा सवारहरुले घटना स्थलमा के बोलेका थिए ?
जब स्थानिय भोला प्रसाद ढकाल ले रेस्क्युको समयमा घाइते अवस्थामा रहेकाहरुका कुरा सुने । म पाखाबाट फर्कदै गर्दा यो दृश्य देखेँ म कुदेर सो ठाउँमा पुगेँ मलाई धेरै ठाउँहरुबाट फोन आउन थालिसकेको थियो, मैले तुरुन्तै मण्डनमा रहेको एम्बुलेन्सलाई बोलाएँ, र तल बिरामीहरु हेर्न लागेँ अघिल्लो पाटो अर्थात बारीको तेस्रो पाटोमा रहेको स्व.पत्रकार जीवन नै हो वा होइन भन्ने बारे निकै नै फोनहरु आएको थियो अनुहारमा रगत आएपनि मैले उसलाई चिने पहिला उनी घोप्टो अवस्थामा थिए । पछि म बिरामीहरुलाई भेट्न तल तल सम्म पुगे त्यसबेला चालक घरी कोदोबारीको छेऊ, घरी बारीको भित्ता गरी घाँटीमा दाहिने हातले समाउदै हिँड्दै थिए ।, म त्यसबेला सम्म बिरामीहरुको नाडी हेर्ने, फोनहरुमा जानकारी दिने साथीहरु बोलाउने गर्दै थिएँ ।

अर्काे स्थानिय ढाल प्रसाद ढकाल दुर्घटना स्थल पुगे र माथीबाट तल झर्दै गर्दा केही माथी ल्याएका बिरामी मध्ये एक उनै स्व.डिआइजी शुसिल भण्डारीलाई मैले अंगालो हाँले र मलाई डिआइजी ले हेलिकप्टर बोलाइदिनुस् म बाँच्न चाहान्छु भन्दै थिए अचानक उहाँको मोबाइलमा फोन आएको थियो ।, उताबाट चिच्याएको कुराहरु सुनेको थिएँ, फोनमा मैले कुरा गर्दै उता नअतालिन र सामान्य दुर्घटना भएको भन्दै कुराकानी गर्दै गर्दा चालक प्रदिप बोगटीले उनको फोन खोसेर राखेका थिए ।

                               जसले स्व.डिआइजीलाई अंगालोमा हालेर पानी खुवाए ।

मैले यो तेरै कारणले भयो की ? भनेर सोधे उसले उत्तर दिएन उ सँग अरु ३ वटा मोबाइल पनि थियो । त्यसको केही छिनपछि चालकले नै यो डिआइजी,त्यो पुर्व डिएसपी, त्यो फलानो भन्दै चिनाएको थियो । र केही छिनपछि बान्ता गर्नै बेहोस भएजस्तै गर्ने गरेका थिए । एम्बुलेन्स आए लगत्तै शसस्त्र प्रहरीका पूर्व डिएसपीले आफू जुन अवस्थामा रहेको सोही अवस्थामा राख्न भनेका थिए । स्थानिय ढाल प्रसाद ढकालको भनाइ ।
यस्ता छन् दुर्घटनामा आशंका गर्नुपर्ने तथ्यहरु
–दुर्घटना हुनु अगाडी नै पनि दुर्घटनाको संकेत फेला पर्नु ।
–चालकले भन्दै आएको हाइटेन्सन तार निकै माथी हुनु ।
–दुर्घटना पछि स्व.पत्रकार जीवन पराजुलीको शवमा टाउकोलाई झोलाको शिरानी लगाई अनुहारमा सेतो क्यापले छोपिदिनु ।
–रेस्क्यु हुनु अगावै जीपमा सवार प्रायःसबैको मोबाईल चालकले लिनु ।
–एम्बुलेन्स आए लगत्तै पहिल्यै चालक आफू चढ्नु ।
–स्थानियले चालकलाई गाली गरेपछि चालकले नाटकशैलीमा आफ्नो व्यवहार प्रस्तुत गर्नु ।

के थियो योजना ?
जीपमा सवार मध्ये चालक प्रदिप बोगटी क्रसर व्यवसायी भएकोले उनकै योजनामा स्थानिय धनराज पुरीको जग्गामा रहेको बालुवा उत्खनन् गरी खानी चलाउने जसमा लगानी स्व.डिआइजी,घाइते शसस्त्रका पुर्व डिएसपी र प्रदिप बोगटीले गर्ने भन्ने योजना सहित ठाउँ अबलोकन गरी जीपबाट फर्कदै गर्दा यो घटना भएको थियो । स्व.नेता कार्की र स्व.पत्रकार पराजुली सो ठाउँ देखाउन मात्रै गएका थिए वा अन्य केही योजनामा थिए भन्ने बारे खुल्न सकेको छैन ।
अब के हुन्छ ?
दुर्घटना के कारणले भएको हो भन्नेबारे नै अझै अन्यौलमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्का र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख कृष्ण बहादुर राउत, अनुसन्धानका डिएसपी हरि श्रेष्ठले दुर्घटनास्थल अबलोकन गरिसकेका छन् ।


कसले के भने ?
दुर्घटनालाई को बिषयमा गहन अनुसन्धान गर्नुपर्ने र त्यसको लागी प्रहरीले छानविन समिति नै गठन गरेर अगाडी बड्नुपर्ने मण्डन देउपुर नगरपालिकाका प्रमुख मेयर टोक बहादुर वाइबाले बताएका छन् । दुर्घटना पछि नेपाल पत्रकार महासंघ केन्द्र,शाखा काभ्रे,प्रेस चौतारी नेपाल काभ्रे, प्रेस युनियन काभ्रे,आदीबासी जनजाती पत्रकार संघ (फोनिज),प्रेस सेन्टर नेपाल काभ्रे, नेपाल फोटो पत्रकार संघ काभ्रे लगायतले शोक विज्ञप्ती निकालेको छ ।


काभ्रेको मण्डनदेउपुर न.पा – ६ ढकालथोकमा शनिबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । बा ३ च ३८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागी ल्याइँदै गर्दा काभ्रेको पाँचखाल नपा तिनपिप्लेमा आइपुग्दा निधन भएको थियो । दुर्घटनामा मण्डनदेउपुर ४ का काभ्रेका एभिन्युज च्यानलका संवाददाता जीवन पराजुली , नमोबुद्ध नगरपालिका –१० का नेपाली काङग्रेसको ३ नम्बर प्रदेशका ट्रेड युनियनका प्रमुख विनोद कार्कीको घटनास्थलमै र नेपाल प्रहरीका बहालवाला डिआइजी शुशिल भण्डारीको उपचारको लागी बाटोमा ल्याइदै गर्दा मृत्यु भएको थियो । भने जीपमा सवार ३ जना चालक प्रदिप बोगटी,शसस्त्र प्रहरीका पुर्व डिएसपी बिनोद गौतम,मण्डन नपा ९का धनराज पुरी को धुलिखेल अस्पतालमा उपचार भईरहेको थियो । शनिबार दुर्घटनामा परी निधन भएका स्व. पत्रकार जीवन पराजुली र स्व. नेता बिनोद कार्कीको शनिबार नै शिरमेमोरियल अस्पतालमा पोष्टमार्ट गरी हिन्दु परम्परा अनुसार आइतबार बेनेपाको उग्रतिर्थघाट र पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ भने स्व.डिआइजी भण्डारीको सोमबार दाहसंस्कार पशुपति आर्यघाटमा हुने बताइएको छ ।


निष्कर्ष
जे नहुनु त्यो भइ नै सक्यो । बितेका कुरालाई इतिहास सम्झेर अबका दिनमा यस्ता किसिमका दुर्घटना हुन नदिने प्रण गर्नु आवश्यक छ । अब हरेक खाले दुर्घटनामा पुग्ने एम्बुलेन्समा केही चिकित्सक र औषधीहरु अनिवार्य गर्न सक्नुपर्छ, भने एयर एम्बुलेन्सको कुरालाई बेलैमा तयारी गर्नुपर्ने अवस्थाहरु लगायत धेरै बिषयहरु लाई अध्ययन गरी केही समय पहिलेको कोशीपारीको दुर्घटना निधन भएका २८ जना र यो जीप दुर्घटनाको प्रकृतिबाट राज्यले सिकि अगाडी बड्नु टड्कारो आवश्यक छ । आज हामीले मिलनसार एउटा सहकर्मी गुमाएका छौँ, देशले एउटा असल पत्रकार, एउटा निडर प्रहरी, र एउटा इमान्दार नेता लगायत धेरै कुराहरु गुमाएको छ । यस दुःखको घडीमा मृतकहरुप्रति श्रद्धासुमन,घाइतेहरुप्रति स्वाथ्य लाभको कामना र परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।

 

 

तपाईंको प्रतिकृया