काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाईला चोकमा अवस्थीत शुभेच्छा इन्टरनेशनल अस्पताल यस क्षेत्रमा दिनदिनै लोकप्रिय बन्दै गएको छ । यस अस्पतालमा विशेष गरि सीतापाईला, ,रामकोट भिमढुंगालगायत धादिङ एवम नुवाकोटबाट समेत थुप्रै बिरामीहरु दैनिक रुपमा आउने गरेका छन् । शुभेच्छा अस्पताल नागार्जुनको एकमात्र सुविधा सम्पन्न अस्पताल हो । विशेष गरि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा अन्य अस्पतालको तुलनामा शुभेच्छा अस्पताल निकै नै अगाडी देखिएको छ । शुभेच्छा अस्पतालले विरामीहरुलाई दिदै आएको सेवाहरुका बारेमा नेपाल खवर डेलीका सम्पादक जनार्जन पौडेलले अस्पतालका मेडिकल डाइरेक्टर एवम फिजिसियन डा. दिपक सुन्दर श्रेष्ठसंग गरेको कुराकानीको सम्पादित अंश यस प्रकार रहेको छ ।

यहाँ यस अस्पतालको मेडिकल डाइरेक्टर पदमा कार्यरत हुनुहुन्छ , कस्तो पाउनु भएको छ विरामीहरुको रेस्पोन्स ?
मैंले यस अस्पतालमा कार्यरत रहंदा अस्पतालको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको पाएको छु । विशेष गरि स्वास्थ्य भन्ने कुरा विश्वासमा अडेको कुरा हो । जे होस जनमानसको विश्वास जित्दै यस अस्पतालले छोटो समयमा नै जनमानसमा विश्वास जित्न सफल भएको छ । यस अस्पतालको विशेषता भनेको खासगरी एकपटक यस अस्पतालमा आइसकेपछि वहाँहरुले नै विरामीलाई सिफारिस गरेर पठाइरहनु भएको छ  ।

शुभेच्छा अस्पताललाई अलि महंगो अस्पताल भन्ने सुनिन्छ नि ?
ठूलो र सफा बिल्डीङ देख्ने वितिक्कै ए त्यहाँ त महगो पर्छ कि भन्ने हामी आम मानिसहरुको मानसिकता हो । त्यसमा पनि कतिपयले हाम्रो अस्पतालको नाममा जोडिएको इन्टरनेशनल शव्दलाई हेरेर महँगो हुनसक्छ भनेर अन्दाज लगाउनु भएको हामिले पाएका छौं । बास्तवमा त्यसो होइन हामिले सबै बर्गमा मानिसहरुलाई लक्षित गरेका छौं । हामिले जनरल वार्डहरुदेखि लिएर स्पेशल क्याविनहरुको समेत व्यवस्था गरेका छौं सोही अनुसारको शुल्क निर्धारण गरेका छौं ।

यहाँको स्थानीय समुदायलाई के कस्ता सहुलियत उपलव्ध गराउनु भएको छ ?
हामीले हाम्रो अस्पताल रहेको आसपासका स्थानीयलाई विभिन्न सहुलियतहरु दिएका छौं । जसमा ओपीडी टिकट लगायत अस्पतालका विभिन्न परिक्षणहरुमा निश्चित छुटको व्यवस्था गरेका छौं । यो सुविधा लिनका लागि वहाँहरुले शुभेच्छा अस्पतालमा आएर डिस्काउन्ट कार्ड बनाउनु पर्ने हुन्छ । यसका साथै ६५ बर्ष बढीका देशभर जहाबाट आएका भएपनि ज्येष्ठ नागरिक छुटको व्यवस्था गरिएको छ ।

हामिले आफ्ना सेवाहरु अस्पतालमा मात्र सिमीत गरेका छैनौ, त्यसैका कारण पनि समुदायमा हाम्रो अस्पतालप्रति हेर्ने नजर अरुभन्दा भिन्न पाएका छौं ।

यस अस्पतालमा हाल कस्ता खालका विरामीहरु बढी आइरहेका छन ?
अहिले यस अस्पतालमा धेरै जसो स्वास प्रश्वासका विरामीहरु बढी आइरहेका छन् । खासगरी कलंकी,सीतापाईला नागार्जुन धुलै धुलो बढी भएको क्षेत्र पनि बढी भएकोले झन्डै ३० देखि ४० प्रतिशत भन्दा बढी विरामीहरु स्वास प्रस्वासका भेटिएका छन् ।

जाडो महिनामा दमका बिरामी बाहेक अन्य उमेरका मानिसले कस्तो सावधानी अपनाउनु पर्छ ?
जुनसुकै उमेर समुहका मानिसले आफ्नो सेल्फ प्रोटेक्सन गर्दा राम्रो हुन्छ । स्वास्थ्य भन्ने कुरामा कहिले पनि हेल्चेग्राइ गर्नु हुन्न । जस्तो कि अन्य विरामीहरुको सम्पर्कमा आउदा माक्सको प्रयोग गर्ने,माक्स पनि छेकिने खालको प्रयोग गर्ने आदि गर्नुपर्छ । हामीकहाँ माक्स लाउने चलन बढेको त छ तर फेसनको रुपमा । माक्स मुखमा भिर्ने तर धुवा धुलो किटाणु सवै शरिरभित्र छिर्ने हो भने त्यस्तो माक्स लाउनु र नलाउनुको कुनै अर्थ रहन्न । जस्तो कि तपाइले कतिको याद गर्नु भएको छ मोटरसाईकल चालकहरुले माक्सले नाकछोपे जस्तो गरेको त देखिन्छ तर तलबाट सबै धुलो मुखभित्र छिरिरहेको हुन्छ ।

कस्ता स्थानमा बढी सावधानी अपनाउनु पर्ला ?
यदि तपाई सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ भने त्यस्तोमा चाहि तपाइले अझ बढी सजग रहनु पर्दछ । जस्तो कि उदाहरणका लागि गाडीमा एकजनालाई रुघाखोकी लागेको छ र उसले हाच्छिउ गर्यो भने गाडीभरीका सबै मानिसलाई नै सर्ने सम्भावना हुन्छ, तसर्थ विशेष ख्याल गर्नुपर्छ ।

भाइरस सर्न नदिने अरु कुनै उपाय छन कि त ?
विशेष गरि बृद्ध र भाइरसको सम्पर्कमा बढी आउने मानिसका लागि फ्लु भ्याक्सिन पाईन्छ । त्यो बर्ष बर्ष दिनमा लगाउदा उपयुक्त हुन्छ । दमका विरामी र इम्युनिटी पावर कम भएका जुनसुकै उमेरका व्यक्तिले बर्षमा एकपटक फ्लु भ्याक्सिन लगाउदा प्रोटेक्सन हुन्छ । यो सेवा शुभेच्छा अस्पतालमा पनि उपलव्ध छ ।

शुभेच्छा अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत के कस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ?
शुभेच्छा अस्पताल नागार्जुनको एक मात्र सुविधा सम्पन्न अस्पताल हो । हामिले आफ्ना सेवाहरु अस्पतालमा मात्र सिमीत गरेका छैनौ त्यसैका कारण पनि समुदायमा हाम्रो अस्पतालप्रति हेर्ने नजर अरुभन्दा भिन्न पाएका छौं । हामिले समुदायमा स्वास्थ्य सम्वन्धि विभिन्न जनचेतना जगाउने कार्यक्रमहरुका साथै निशुल्क स्वास्थ्य शिविरहरु लगायतका थुप्रै कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएका छौं र भविश्यमा पनि यसले निरन्तरता पाउने नै छ ।

शुभेच्छा अस्पतालले प्राविधिक शिक्षालय खोल्ने योजना बनाएको छ कि छैन ?
आगामी दिनमा नर्सिङ कलेज खोलेर दक्ष जनशक्ति उत्पादन गर्ने कि भन्ने बिषयमा गृहकार्यहरु भइरहेका छन् ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
ढुक्क भएर शुभेच्छा अस्पतालको सेवा लिनका लागि आउनुहोस भन्दै हामीले गरेका गतिविधीका कुरा नेपाल खवर डेली मार्फत सबैमा पुर्याइदिनु भएकोमा यहाको पत्रिकाको टीमलाई धन्यवाद दिन चाहन्छु ।

 

तपाईंको प्रतिकृया