युनियन हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ ।   कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीले  ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता शेयर जारी गर्नको लागि अनुमति मागेको हो ।

कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

तपाईंको प्रतिकृया