loading...

[काठमाडौं,१७ पुष ]१९ माघदेखि पोखरामा नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।‘चलचित्र वौद्धिक प्रकृया हो’ भन्ने अवधारणालाई आत्मसात गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव गर्ने भएको छ ।
सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा १० महत्वपूर्ण विषयमा प्रस्तुति र छलफल गरिने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताएका छन् । ‘ मनोरञ्जन मानिसको बौद्धिक अभिब्यक्ति हो । तसर्थ मनोरञ्जनको अनुभुति प्रस्फुटन गराउने चलचित्रको विषयमा गहन अध्ययन र अन्तरक्रियाको नितान्त आवश्यकता छ ।’ उनले भने ।

फेष्टिवल निर्देशक मनोज पण्डितले महोत्वस चलचित्रहरुको प्रदर्शनस्थल मात्रै नभएर बौद्धिक छलफलको केन्द्र पनि बन्दै गरेको दावी गरे ।‘नेपालको भुराजनितीलाई मनन गर्दै यसपाली भारतीय र चिनिँया चलचित्रको न्यारेटिभ चरित्रमाथी बहस गराउदै नेपाली चलचित्रको न्यारेटिभ खोजी गर्छौ ।’ उनले भने ।यसपालीको महोत्सवमा नेपाली समाजको न्यारेटिभमाथी नै वैचारिक अवधारणामा बहस गर्ने प्रतिष्ठानको योजना रहेको छ । विश्व चलचित्र बजार र महोत्सव दुई खण्डमा विभक्त भइरहेको भन्दै फेष्टिवल निर्देशक पण्डितले ति दुई खण्डका चरित्रहरुमाथी विज्ञहरुद्धारा अवधारणा प्रस्तुत गरिने बताए ।

‘हामीले बनाउने हरेक चलचित्रको महत्व छ । त्यसकारण हामी जिम्मेवार हुनुपर्छ । तर, त्यो जिम्मेवारी ब्यक्तिगत भन्दा पनि स्रष्टीय हुनुपर्छ र उसको सिर्जनाको प्रभाव मानव सभ्यतामाथी नै रहन्छ ।’ पण्डितको भनाई थियो ।यो महोत्सवमा उत्कृष्ठ चलचित्र, उत्कृष्ठ सर्ट फिल्म, विषेश महत्वको जुरी सम्मान र नेपाली पानोरमामा उत्कृष्ठ चलचित्र गरि चारवटा पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवमा डा. चैतन्य मिश्र, यादव खरेल, नवीन, सुब्बा, सुरेश ढकालको प्रस्तुति रहने छ । त्यस्तै सचिन घिमिरे, तीर्थ श्रेष्ठ, सरुभक्त, अनुप बराल, रबिन्द्र, अधिकारी, मणि थापा, विश्वप्रकाश शर्मा लगायतले महोत्सबलाई रोमाञ्चक बनाउने पण्डितले बताए ।

तपाईंको प्रतिकृया